सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने – मुख्यमन्त्री लामा
हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्।
निजी क्षेत्रसंगको समन्वय बिना सरकारले मात्र रोजगारीको अवसर सिर्जना गर्न नसक्ने उहाँको भनाई छ । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभालाई हेटौंडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले रोजगारीका अवसर सिर्जना गर्न उद्योग कलकारखाना सञ्चालन गर्नु पर्ने बताए ।
उहाँले देशमा ठुला अन्तर्राष्ट्रिय कम्पनीहरू ल्याउने वातावरण बनाउन नसकिरहेको समेत जिकिर गर्नुभयो । मुख्यमन्त्री लामाले लगानीकर्ता निरुत्साहित गर्ने प्रकृतिको ऐन कानुन परिमार्जन गर्न जरुरी रहेको पनि औल्याउनुभयो ।
यसैगरी उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले उद्योगको क्षेत्रमा तीन वटै तहको सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । स्वदेशी उद्योगमा उत्पादित बस्तु उपयोग हुन नसक्द...