Day: २ वर्ष अगाडि

रवि र छवि विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी

रवि र छवि विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।   गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यही सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई सहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ । गोर्खा मिडिया नेटवर्क तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने र तत्कालीन उपाध्यक्ष रहेका पूर्व डीआईजी जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको अनुसन्धान भइरहेको छ ।...
पूर्व सभामुख  ढुङ्गानाको निधन, अन्त्येष्टि सोमबार हुने

पूर्व सभामुख ढुङ्गानाको निधन, अन्त्येष्टि सोमबार हुने

Breaking news 3, समाचार
काठमाडौं / पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो ढुङ्गानाको निधन भएको हो । ८३ वर्षीय पूर्व सभामुख ढुङ्गाना लामो समयदेखि कलेजो र मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्थ्यो । २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका ढुङ्गानाले २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी सम्हाल्नुभएको थियो भने उहाँ वरिष्ठ अधिवक्तासमेत थियो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलले गहिरो दुःख व्यक्त गर्दै ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरको छ ।...
मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार, स्थानीय तह विशेष
काठमाडौँ / यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"