तामाङ चलचित्र ए ङाला ह्राङ्बा माया हेटौंडामा पुन विशेष शो हुने
हेटौंडा/ चलचित्र मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा निर्माण गरिएको तामाङ चलचित्र ए ङाला ह्राङ्बा माया हेटौंडामा पुन विशेष शो हुने भएको छ ।
आगामी चैत्र २ गते हेटौंडामा पुन शो हुने निर्देशक हुत्त सञ्जय लामाले जानकारी दिएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका क्षेत्रमा छाँयाकन गरिएको चलचित्रलाई सञ्जय÷अर्जुनको निर्देशन रहेको छ । चलचित्रका निर्माता लामाले चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेको बताएका छन् । २४ लाख लगानीमा निर्माण भएको चलचित्रमा सुनिता लुङ्वा, हिराबहादुुर मुक्तान, हेमकुमार तितुङ, तारा थोकर, माया डोल्मा लामा, मनिका सिंतान, राजकुमार तामाङ, जगतबहादुर मुक्तान लगायतको अभिनय रहेको छ ।
यस अघि चलचित्र ए ङाला ह्राङ्बा माया पुष २० गते हेटौंडामा पहीलो पटक बिशेष शो प्रदर्शन गरिएको थियो । निर्देशक लामाले दर्शकहरुको मागले हेटौंडाको ओम्याक्स हलमा पुन शो प्रदर्शन गर्न लागिएको बताए ...
