बागमती प्रदेश सरकारले ल्यायो ६७ अर्वको बजेट
हेटौंडा/ बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ८२÷८३ का लागि ६७ अर्वको बजेट ल्याएको छ । आइतबार भएको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारका तर्फवाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भएको हो । प्रदेश सरकारले यस पटकको बजेटमा भौतिक पूर्वाधार र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक समृद्धि र जनजीवन सुधारमा केन्द्रित कार्यक्रमहरू अघि बढाउने लक्ष्य लिएको छ ।
प्रस्तुत बजेटमा कृषी तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्व ६३ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । सस्कृती तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख त्यसैगरि सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि २५ करोड ७८ लाख,उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रालय ७७ करोड ९६ लाख ब...