विचार/ लेख/रचना/ साहित्य

मेरी आमा र मेरो जन्मभूमि

मेरी आमा र मेरो जन्मभूमि

विचार/ लेख/रचना/ साहित्य
* खगेश्वर ढकाल पृथ्वीमा सबैभन्दा असल र प्यारो साथी मेरी आमा हुन् । जब म कसैको सहारा नभएको सानो बच्चा थिएँ, त्यस बेला उनले स्याहार सुसार र हेरविचार गरिन् । उनी मलाई झोलुङ्गोमा सुताउन लाग्दा मेरा दुई वटा गालामा म्वाइँ खान्थिन् पाँच सात पटक । त्यो बेलामा मैले थाहा नपाए पनि प्रकृतिले सिकाएकी हुन् । जब म ब्युँझेर रुन थाल्थेँ तब झटपट आएर मलाई काखमा राखेर निरन्तर म्वाइँ खान्थिन् । कालान्तरमा म ठुलो हुँदै गएर केही विषयको याद आउन थाल्यो । म पटक पटक बिरामी हुन्थेँ । तुरुन्तै स्वास्थ्य संस्थामा पुराउँथिन् मेरी आमाले । जब मेरो स्वास्थ्य ठिक हुन्थ्यो अनि गनी नसक्नु म्वाइँ खान्थिन् । म ठुलो हुँदै गएर पलापिन थालेँ । आमा फकाइ फकाइ खाना खुवाउँथिन् । मेरी आमा मेरो मुहार देखेर दङ्ग पर्दै म्वाइँ खाइरहन्थिन् । मेरी माताको मैले ऋण तिरेर कहिल्यै सक्दिन होला । स्वर्ग भनेको कस्तो होला कस्तो कसैलाई थाहा छैन । मैले...
बालबालिका, मानव चेतना र समाज निर्माण

बालबालिका, मानव चेतना र समाज निर्माण

विचार/ लेख/रचना/ साहित्य
* भाेलानाथ ढकाल उपक्रम  बालबालिका मानव सभ्यताको निरन्तरता हुन् । प्रत्येक प्राणीको निश्चित जीवनकाल हुन्छ । मान्छेको पनि त्यस्तै हुन्छ । एउटाको जीवनकाल सिद्धिन्छ । अर्काको सुरु हुन्छ । यो निरन्तर प्रक्रिया हो चलिरहन्छ । विगतमा पनि थियो । वर्तमानमा चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । मानव सभ्यता रहेसम्म यो क्रम यसरी नै चलिरहनेछ । विस्तार  बालक जन्मँदा तटस्थ भएर जन्मेका हुन्छन् । चञ्चलपन उसको स्वभाव हो । जात, भाषा, धर्म, संस्कृति क्षेत्र, दर्शन सम्प्रदायसँग उसको कुनै सरोकार हुँदैन । आफ्नै मानवीय मौलिक गुण मात्र ऊसँग हुन्छ । यस्तो मौलिक गुण लिएर जन्मेको बालक पछि गएर कसरी विविध धर्म, जात, जाति, भाषा भाषी, क्षेत्र सम्प्रदाय आदिमा विभक्त हुन्छन् ? यो महत्त्वपूर्ण कुरा छ । बालकले जन्मेपछि जस्तो वातावरण पायो ऊ त्यस्तै बन्छ । मान्छे भाषा, धर्म, संस्कृति, रीतिरिवाज, जातजाति, आदिमा विभाजित हुने गर्छ ...
प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा 

प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा 

विचार/ लेख/रचना/ साहित्य
- मातृका पोखरेल ज्ञानको आदानप्रदान मानिसले कुन युगदेखि गर्न थाल्यो भन्ने उत्तर खोज्नु पक्कै सजिलो काम होइन । मानवको सृष्टिसँगै कुनै न कुनै स्तरको ज्ञानको आदानप्रदान मानिसले गर्न थाल्यो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौँ । यस क्रममा ज्ञानलाई आदानप्रदान गर्ने क्रममा समयले अहिले धेरै विकास गरिसकेको छ । २०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो  । सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको यो आँकडाले अब हामी सूचना र ज्ञान विनिमयको नयाँ युगमा अत्यन्तै द्रुत गतिमा प्रवेश गरिसकेका छौँ भन्ने कुरा स्पष्ट रूपमा बताएको छ । अहिले इन्टरनेटको नाम नसुन्ने सायदै कोही होला । नेपाल...
आफु पिडामा हुँदा पनि सेवा गर्दै हिँड्ने प्रमिता

आफु पिडामा हुँदा पनि सेवा गर्दै हिँड्ने प्रमिता

विचार/ लेख/रचना/ साहित्य
क्यान्सर लगायतको रोगको नाममा कुनै एनजिओ खोल्ने । थोरै काम गर्ने, त्योभन्दा कैयौँ धेरै आफ्नो स्वार्थ पुरा गर्ने थुप्रै सङ्घ–संस्थाहरू भेटिन्छन् । तर त्यस प्रकारका सङ्घ–संस्थाभन्दा फरक प्रकारले काम गर्छिन्, अभियन्ता प्रमिता  खनाल । काठमाडौँको बुढानीलकण्ठ बस्ने प्रमिता  भन्छिन्, ‘हामी पूर्ण निस्वार्थ भावनाले काम गरेका छौँ । आफ्नै खल्तीबाट पैसा खर्च भएको छ । संस्थाको एक रुपैयाँ पैसा पनि लिएका छैनौ ।’ क्यान्सर सरभाईबरहरुको शरीर आफैमा सेन्सेटीभ हुन्छ । विभिन्न प्रकारका भाइरसहरूले चुनौती बढिरहेको अवस्थामा कसरी समाजसेवामा सक्रिय हुन सक्नुभएको छ भन्दा अभियन्ता प्रमिता  भन्छिन्, ‘सरभाईबरहरुको अवस्था कस्तो छ ? अवस्था हरेर हामी मिलाएर काम गर्छौ । एकदमै हाई रिस्क भएकालाई भिडभाडमा नजान अनुरोध गर्छौ । कतिपय सरभाईबरहरु जबरजस्ती जान खोज्नुहुन्छ । तर पनि भर्चुअल वा भौतिक उपस्थित भएर रच...
तीजको अर्थशास्त्र

तीजको अर्थशास्त्र

अर्थ, विचार/ लेख/रचना/ साहित्य
भरत पोख्रेल थोरस्टियन भेबलेनले आफ्नो पुस्तक “द थ्योरी अफ द लिजर क्लास” मा गरिष्ठ उपभोग [कन्सपिक्युअस कनजम्सन] बारे बयान गरेका छन् । चाडपर्वको खास समयमा हुनेखाने वर्गले सामाजिक प्रदर्शनका लागि विशेष वस्तु र खाद्यान्न [पजिसनल गुड्स] उपभोगको उत्कर्ष देखाउँछन् ।  यो प्रवृत्ति पछि पुँजीवादको संस्कृति भएको २००९ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने पहिलो महिला एलिनर ओस्ट्रमले यस विषयलाई सैद्धान्तिकरण गरिन । यही कुरा किन्सले आफ्नो एउटा लेख “इकोनोमिक पसिबिलिटिज फर आबर ग्राण्डचिल्ड्रेन” मा सम्पत्तिले समाजमा वर्ग विभाजन गरेको लेखेका छन् ।  समाजमा अनुत्पादक उपभोक संस्कृतिको आलोचनामा केनेथ ग्यालब्रेथले १९५८ मा “दि अफ्लुयन्ट सोसाइटी”, डेभिड रिजम्यानले १९६४ मा “अबुन्डेन्स फर ह्वाट ?, इ.जे. मिसानले १९६७ मा “द कष्ट अफ इकोनोमिक ग्रोथ”, फ्रेड हर्सले १९७७ मा “सोसल लिमि...
नेपालमा वर्ग र जात/जाति

नेपालमा वर्ग र जात/जाति

विचार/ लेख/रचना/ साहित्य
डा.पीताम्बर शर्मा वर्ग र जात/जाति समाजका बृहत् समूह वा तप्कालाई बुझाउन वर्ग शब्दको प्रयोग गरिने भए पनि यसको विशेष प्रयोग मार्क्सवादीहरूले गर्ने गरेका छन् । कुनै समूहको सामाजिक वर्ग उसको दौलतले भन्दा पनि श्रम र उत्पादनका साधनसँगको सम्बन्धद्वारा निर्धारित उसको आयको स्रोतको वस्तुगत यथार्थले गर्छ । यसअनुसार उन्नाइसौँ शताब्दीको बेलायती समाजमा तीन वटा मुख्य वर्ग विद्यमान थिए : जमिनदारी वा कमाउन दिएको भूमिको आयस्रोत भएका आफै श्रम नगर्ने भूमि पति; उत्पादनका साधनमाथि नियन्त्रण भएका, ज्यालामा रोजगार दिने र लगानीको नाफाबाट आय गर्ने पुँजीपति; र ज्यालाका निम्ति आफ्नो श्रम बेचेर गुजारा गर्ने सर्वहारा वा श्रमिक वर्ग । पुँजीवादको विकाससँगै पुँजीपति, निम्न पुँजीपति र श्रमिक प्रमुख सामाजिक वर्गका रूपमा अगाडि आए । यी प्रमुख वर्ग भित्र धेरै उप–वर्गको पनि विश्लेषण गर्न सकिन्छ । सामाजिक उत्पादनको प्रणाली...
‘मसालको पार्टी सदस्य बन्न बर्षौ कुर्नुपर्‍यो’

‘मसालको पार्टी सदस्य बन्न बर्षौ कुर्नुपर्‍यो’

फिचर, विचार/ लेख/रचना/ साहित्य
राम कार्की कुनै एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दा सिधै केन्द्रीय समितिको पद पाइहाल्ने संस्कृति विकास भएको अवस्था छ । तर नेकपा(मसाल)मा पार्टी प्रवेश गर्दा पार्टी सदस्य पाउन बर्षौ कुर्नु परेको बताउनुहुन्छ, नेता राम कार्की । महामन्त्री मोहन विक्रम सिंहसँग पार्टी सदस्यताको लागि अनुरोध गर्दा पनि ‘बाहिरबाट आउनेको परीक्षण काल बढी हुने भएकोले अझ लामो प्रक्रियामा जानुपर्ने भन्नुभएको’ बताउनु हुन्छ, नेता कार्की ।  ‘आफूभन्दा तल्लो समितिमा काम गर्ने कार्यकर्ता, क्षेत्रीय स्तरको नेता हुँदा पनि आफू सदस्यताको लागि सङ्घर्ष गरिरहनु परेको’ वहाँ बताउनुहुन्छ – ‘पार्टीको प्रक्रियामा जानुपर्दछ भन्दा म लामो समयसम्म मसालको नजिकको मान्छे जस्तो मात्र भए । धेरै लामो प्रक्रिया पुरा गरेपछि मात्र यसको सदस्य बन्न सफल भए ।’  जनवादी मोर्चामा चेग्वेरा र माओका केही रचनाहरू पढे पनि नेता कार्की भन्...
“स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास)” को एक अध्ययन

“स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास)” को एक अध्ययन

विचार/ लेख/रचना/ साहित्य, समाज
– नारायण गिरी स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास) इजरायलको जेरूसेलमा अवस्थित हिब्रू विश्वविद्यालयका प्रोफेसर डा. युवाल नोआ हरारीद्वारा लिखित अत्यन्तै चर्चा पाएको पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०११ मा प्रकाशित भएको हो र त्यतिबेलादेखि नै यो अति धेरै चर्चामा आएको थियो। मानव इतिहासलाई आश्चर्यचकित रूपमा स्पष्ट गरिदिने यो पुस्तकलाई अन्तर्राष्ट्रिय स्तरमा नै अति धेरै रूचाइएको देखिन्छ। यो पुस्तक ४० भन्दा बढी भाषाहरूमा अनुवाद भएर संसारका सबै ठाउँमा पुगेको पाइन्छ। स्यापियन्समा मानव इतिहासको विस्तृत विवरण उल्लेख गरिएको छ। यसलाई ग्रन्थ भन्दा पनि प्रामाणिक दस्तावेजको रूपमा समेत लिने गरेको देखिन्छ। यसमा लेखिएका तथ्यहरूलाई अस्वीकार गर्न सकिंदैन। हामीले अहिलेसम्म पढेका मानव इतिहासको ज्ञानभन्दा धेरै ज्ञान यो किताबमा पाइन्छ। यहाँ उल्लेखित तथ्यहरू साधारण उदाहरणद्वारा बुझ्न सजिलो हुनेगरी स्प...
माक्र्सवादी दर्शनलाई कसरी बुझ्ने ?

माक्र्सवादी दर्शनलाई कसरी बुझ्ने ?

विचार/ लेख/रचना/ साहित्य
राजनीति र अर्थशास्त्रसरह नै दर्शनका क्षेत्रमा पनि मार्क्सको देन महान् छ। वास्तवमा यी तिनैवटा अंगको योग नै मार्क्सवाद हो। मार्क्सवादी दर्शन अथवा विश्व दृष्टिकोणलाई द्वन्द्वात्मक भौतिकवाद भन्छन्। मार्क्सवादी दर्शनको अध्ययन गर्नुभन्दा पहिले दर्शनको महत्व र आवश्यकताबारे थाहा पाउनु जरुरी हुन्छ। मानिस एउटा चेतनशील, सांसारिक प्राणी हो। मानिसको जीवनमा दुख–दुःखमा आफ्ना वरिपरिका देखिने र नदेखिने थुप्रै चीज र घटनाले प्रभाव पारेको हुन्छ। अतः ती सम्पूर्ण चीजको विषयमा चिन्तन गर्नु र सही बाटो पत्ता लगाउनु मानिसका निम्ति नभई नहुने कुरा हुन्। उदाहरणका निम्ति सुख के हो, संसारभरिका मानिस कसरी सुखी हुन सक्छन् ? यो हरेक मानिसका मनमा सधैंभरि आइरहने प्रश्न हो। तर यसको जवाफ खालखालका हुन सक्छन्। कसैले भगवानको भक्ति गर्नुपर्छ भन्लान्, कसैले परोपकार गर्नुपर्छ भन्लान् तर कैले आफ्नो जस्तो अवस्था छ, त्यसैमा सबैले सन...
एमसीसीको नालीबेली : नेपालमा यसरी भित्रियो ? नेपालले गर्न खोजेको के हो ?

एमसीसीको नालीबेली : नेपालमा यसरी भित्रियो ? नेपालले गर्न खोजेको के हो ?

विचार/ लेख/रचना/ साहित्य
चिरञ्जीवी ज्ञवाली एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने गुरु योजना सारेको देखिन्छ तर दिन लागेको सहयोग राशिबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठुलो दुःखको सामना गर्नुपर्ने हुन सक्छ । अहिले नेपालीको टाउकोमा ऋणले भारी बोकेको अवस्था देखिन्छ । एमसीसीका नाममा नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकमलाई विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाएर नेपाललाई समृद्धतर्फ धकेल्न सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई बाडीचुडी खाने खतरा नेपालमा देखिन्छ । एमसीसीको ५० करोड डलर अनुदान र सरकारको सम कारक कोषको १३ करोड डलर गरी ६३ करोड डलरमा ३१२ किमी उच्च क्षमता (४०० केभी) को प्रसारण लाइन, ३ सब स्टेसन र नेपाल–भारत सीमा पार प्रसारण लाइन अनि ९९ किमी सडक स्तरोन्नति हुन लागेको छ । काठमाडौें लप्सी फेदीबाट नुवाकोटको र...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"