समाचार

राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न सातै प्रदेशको मुख्यमन्त्रीको आग्रह

राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न सातै प्रदेशको मुख्यमन्त्रीको आग्रह

प्रदेश, प्रमुख समाचार, राजनीति, समाचार
१३ पौष, हेटौंडा - हेटौँडामा बसेको सातै प्रदेशको मुख्यमन्त्रीको बैठकले गत असार १५-१६ मा पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा २०८० असार १६ गते पोखरामा बसेको परिषद्को पहिलो बैठकबाट नेपालको संविधानको कार्यान्वयन प्रभावकारिता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा नागरिकमा प्रवाह हुने सेवा एवम् विकासमा शीघ्रता एवं प्रभावकारिता ल्याउने लगायत निर्णय गरेको थियो । यस्तै, बैठकले गत असार १५ गते पोखरामै बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले पारित गरी प्रधानमन्त्रीसमक्ष पेस गरिएको १७ बुँदे साझापत्र कार्यान्वयनको अवस्था पनि कमजोर रहेको अनुभूति गर्दै शीघ्र कार्यान्वयनका लागि पुनः अनुरोध गर्ने, प्रदेश तथा स्थानीय तहमा जाने समानीकरण अनुदानको रकम वृद्धि गर्न आवश्यक कानुनी व्यवस्था मिला...
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु

प्रमुख समाचार, समाचार
१३ पौष, काठमाण्डौं  - बालकुमारीमा भएको झडपमा दुईजनाको मृत्यु भएको छ।  किस्ट अस्पतालमा उपचाररत दैलेखको महाबु गाउँपालिका– ६ का सुदन राउत र पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको हो ।  राउतको छातीमा चोट लागेर र शाहको गोली लागेर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।  घटनामा १० जना सामान्य घाइते छन्। प्रहरीले  ६६ जनालाई नियन्त्रणमा लिएको छ।  शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत प्रदर्शनकारीले जलाएका थिए । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी...
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन

प्रमुख समाचार, समाचार
१३ पौष, काठमाण्डौं  - कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि चक्रपथमा प्रदर्शन गरेका छन् । । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई  उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित ईपीएस कार्यालय अगाडी  सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ मा प्रदर्शनकारीले आगजनी गरेका छन् ।...
प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती

प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती

प्रमुख समाचार, समाचार
१२ पुष, काठमाण्डौं  - बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेको जनकारी दिईन । सो सर्वेक्षण स्वीकृत भएपछि कार्यालयमा कार्यरत ६८ वटा कर्मचारी दरबन्दी कटौती हुने सरकारका प्रवक्ता शर्माले बताईन ।  उनका अनुसार अब त्यसरी कटौती भएको दरबन्दीमा कार्यरत कर्मचारीहरूको अर्को ठाउँमा सरुवा हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि आफूले कार्यभार सम्हालेको वर्ष दिन पुगेको सन्दर्भमा आफ्नै मन्त्रालयको पुनःसंरचना गरेर नयाँ वर्षमा कामको थालनी गर्ने घोषणा गरेका थिए । त्यही घोषणाबमोजिम कार्यालयको कर्मचारी व्यवस्थापन नयाँ ढंगले अघि बढेको मन...
कांग्रेस सत्तामा भए पनि ‘के हो उपलब्धि’

कांग्रेस सत्तामा भए पनि ‘के हो उपलब्धि’

प्रमुख समाचार, राजनीति, समाचार
१२ पुष, काठमाण्डौं - सत्तारूढ दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गुटको हितमा मात्रै काम गरेको धारण ब्यक्त गरेका छन् । यस सँगै गुटका लागि काम गर्ने मन्त्रीहरूको ‘अपजस’को भारी आफूहरूले नबोक्ने उनीहरूको भनाइ छ । बैठकको पहिलो दिन बिहीबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने भनिएको थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू हिँडेका थिए । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारमा 'कांग्रेस छ र ?' भन्ने आशयबाट धारणा राखेका थिए । उनीहरूले कांग्रेस सत्तामा भए पनि 'के हो उपलब्धि' भन्दै प्रश्न गरे ।  उनीहरूले देशमा भ्रष्टचार बढेको, सुशासन सकिएर दण्डहीनता मौलाएको, ...
नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

समाचार
११ पौष, काठमाण्डौं - विशेष अदालतले  नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित ४ जनालाई हानी नोक्सानी सम्बन्धी भ्रष्टाचारमा दोषी ठहर गरेको हो । सजाय निर्धारण हुन भने बाँकि छ । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको बुधबारको इजलासले पूर्वडिआइजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। पूर्वडिआइजी शाहसँगै पूर्व सई दिपेन्द्रप्रसाद पनेरूलाई पनि इजलासले दोषी ठहर गरेको छ । २०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी ग...
टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको सार्वजनिक लेखा समितिको ठहर

टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको सार्वजनिक लेखा समितिको ठहर

प्रमुख समाचार, समाचार
११ पौष, काठमाण्डौं - प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको ठहर गरेको छ । दूरसञ्चार क्षेत्रमा हुने गैरकानूनी गतिविधि र राजस्वको असली विवरण पत्ता लगाउन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गरी लागू गर्न खोजेको थियो ।  बुधबार बसेको समितिको बैठकले प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । समितिमा लामो छलफल र अनुसन्धानपछि बुधबार सिंहदरबारमा बसेको समितिको बैठकको निष्कर्ष सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले भने, 'टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्ध...
राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको छ: माधवकुमार नेपाल

राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको छ: माधवकुमार नेपाल

समाचार
११ पौष, काठमाण्डौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम सुरु गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।  बुधबारदेखि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरू एकताबद्ध भएर अघि बढ्न सहमत भएको बताए । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल गराएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरू एकताबद्ध भएर अघि बढन सहमत रहेको बताए । संविधान जोगाउनका लागि आफूहरूले विगतमा एमालेभित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको उनको भनाइ छ । ‘पार्टीले एमालेभित्र गरेको विद्रोह जायज थियो । यसले सफलत...
विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारी चालक अनुपती पत्र

विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारी चालक अनुपती पत्र

समाचार
११ पौष, काठमाण्डौं - यातायात व्यवस्था विभागले विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने भएको छ। विभागले बुधबार एक सूचना जारी गर्दै लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आइतबारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ। ‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले भनेको छ।...
त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

राजनीति, शिक्षा, समाचार
११ पौष, काठमाण्डौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन माग गरेको छ। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै नेविसंघले उपकुलपति राजनीतिक भागबन्डाका आधारमा नगर्न आग्रह गर्दै खुला प्रतिस्पर्धाबाट योग्यलाई उपकुलपति नियुक्त गर्न माग गरेको हो । त्रिवि केन्द्रीय क्याम्पस र उपत्यकाभित्रका आंगिक तथा सम्बन्धनप्राप्त ५१ क्‍याम्पसबाट पत्र अभियान सञ्चालन गरिएको र यो अभियानबाट १२ हजार चार सय १५ विद्यार्थीको हस्ताक्षरसहितको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको नेविसंघ ले जनाएको छ ।विश्वविद्यालयलाई दलीयकरण र राजनीतिक भागबन्डाको अन्त्यका लागि पत्र अभियानमा जोडिन पनि नेविसंघले आग्रह गरेको छ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"