एमसीसीमा लागत भन्दा बढी मूल्यको ठेक्का प्रस्तावले समस्या: अर्थमन्त्री
काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा. प्रकाश शरण महतले एमसिसी परियोजना नेपालको विकासका लागि महत्त्वपूर्ण परियोजना रहेको बताएका छन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री महतले भने, ‘यो आयोजनामार्फत विद्युत् आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुनेछ । विशेषतः विद्युत् व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्त्वपूर्ण छ । यो विभिन्न मन्त्रालयसँग जोडिएको छ । मन्त्रीहरू बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरूले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’
एमसिसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठुलो योगदान रहने मन्त्री महतले स्पष्ट पारेका छन् । ‘यो परियोजना कार्यान्वयनमा आउने जति अवरोध छन्, त्यसको समाधान गर्न सरकार प्रति...








