समाज

झापामा आगलागीमा परी दुई महिलाको मृत्यु

झापामा आगलागीमा परी दुई महिलाको मृत्यु

Breaking News 1, समाचार, समाज
कार्तिक २५ , झापा । झापा र भोजपुरमा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो। आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन्। उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ। आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।...
भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

समाचार, समाज
कार्तिक २५,भक्तपुर । भक्तपुरमा शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ । जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए । स्कुलमा कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो । त्यस अनुसार विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए । बालबालिकाहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षकशिक्षिकाहरुले सहयोग गरेका थिए । पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्ने, टिका लगाउनेलगायतका कार्यहरु गरेका थिए । विद्यार्थीलाई म्हः पूजाकोबारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए । उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूल्ठूला चाँड विद्यार्थीलाई आफै गर्न लगाइ सिकाउने जनाए । उता सोही...
लम्जुङमा पहिलाे पटक स्थानतरण गरी सुकुम्वासीलाइ लालपुर्जा

लम्जुङमा पहिलाे पटक स्थानतरण गरी सुकुम्वासीलाइ लालपुर्जा

समाचार, समाज
कात्तिक २५, काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा प्राप्त गरेका छन् । सुन्दरबजार नगरपालिका अन्तर्गत विभिन्न वडामा रहेका २३ जना भूमिहिनहरुलाई सुन्दरबजार नगरपालिकामा आयोजित एक कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्ला समिति लमजुङद्वारा तयार गरिएको जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका थिए । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्लामा पहिलो पटक सुन्दरबजार नगरपालिकाका भूमिहिनहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे । निरौलाले सुकुम्बासीहरु बसिरहेको स्थानभन्दा बाहिर जग्गाको व्यवस्था गरी स्थानान्तरण गर्ने देशमा नै पहिलो प...
गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

Breaking News 1, राजनीति, समाज
कार्तिक २४, थवाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको दाबी गरेका छन् । शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए । ‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ। त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ। विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदैछ, उनले भने, ‘तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लाषगि सहयोग, उत्पादनमुलक नमुना कृषि प्रोजेक्ट लगायत जुन विषय उठाउनुभएको छ, ती महत्त्वपूर्ण छन्। त्यसलाई मैले गम...
विद्युत् प्राधिकरणमा मागियो नयाँ कर्मचारी, सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन सकिने

विद्युत् प्राधिकरणमा मागियो नयाँ कर्मचारी, सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन सकिने

समाचार, समाज
२४ कात्तिक ,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा नयाँ कर्मचारीका आवेदन आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर प्राधिकरणले  सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन आह्वान गरेको हो । दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागिएको हो । सूचनाअनुसार १४ मंसिरसम्म दशौं तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, २ सहायक निर्देशक, ४ सहायक प्रबन्धक, ९ प्रशासकीय अधिकृत, ७ लेखा अधिकृत, १ कानुन अधिकृत, ३८ इन्जिनियरलगायत सहायकस्तरका विभिन्न पदहरूमा दरखास्त दिनुपर्ने उल्लेख गरिएको छ । प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर ७६, लेखापाल ६२, सुपरभाइजर तहको इलेक्ट्रिकल समूहमा ७९, सुपरभाइजर तहको मेकानिकल समूहमा २२, सुपरभाइजर तहको सिभिल समूहमा १२, सिनियर मिटर रिडर ५४, सहायक लेखापाल ६२, फोरमेन १८४, इलेक्ट्रिसि...
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

समाचार, समाज
कात्तिक २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने देशको सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे...
भूकम्प प्रभावितले अझै पाएनन् राहत, प्रधानमन्त्री राहत कोषमा करोडौं रकम, नागरिक कुरेको कुर्यै

भूकम्प प्रभावितले अझै पाएनन् राहत, प्रधानमन्त्री राहत कोषमा करोडौं रकम, नागरिक कुरेको कुर्यै

समाचार, समाज
कात्तिक २२, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित कहाँ अझै पनि राहत सामग्री पुग्न सकेको छैन । भूकम्पको केन्द्रविन्दु जाजरकोटको रामीडाँडा तथा अन्य ग्रामिण स्थान र रुकुम पश्चिमका पनि ग्रामिण बस्तीमा अझै सम्म पनि राहत सामग्री पुग्न नसकेको हो । शुक्रबार भूकम्प गएपछि भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितलाइ भेट्न जाजरकोट पुगेका थिए र राहतको काम दु्रत गतिमा गर्ने प्रतिवद्धता जनाएका थिए । सरकारले राहत वितरणको कामलाइ व्यवस्थित बनाउने भन्दै एकद्वार प्रणाली पनि लागू गर्यो । तर तर भूकम्प गएको एक साता हुनै लाग्दा समेत प्रभावितले राहत सामग्री पाएका छैनन् । सामान्य टेन्टको समेत उपलब्धता नभएपछि प्रभावितहरु बारीको पाटोको चिसो भुईँमा त्यसै रात काटिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । सदरमुकाम र सजिलो बस्तीमा बिभिन्न संघ, सस्थाका प्रतिनिधि पुगेर...
भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ मा

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ मा

समाचार, समाज
कात्तिक २०, काठमाडौँ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ मा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहने पनि समितिले जनाएको छ । तर साइत नै खोज्नेका लागि भने १०ः५१ उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ ।...
जाजरकोटमा निरन्तर परकम्प, चिसोका कारण प्रभावित थप समस्यामा

जाजरकोटमा निरन्तर परकम्प, चिसोका कारण प्रभावित थप समस्यामा

समाचार, समाज
कात्तिक २०, काठमाडौँ । शुक्रबारको भूकम्पले ठूलो रुपमा जनधनको क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिममा परकम्प जाने क्रम रोकिएको छैन । सोमबार अपरान्ह ४ः३१ मा पनि जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको छ । जसका कारण जाजरकोटमा यसअघिको भूकम्पले हल्लाएका घर तथा संरचनाहरु भत्किएका छन् । सोमबारको परकम्पमा केही घाइते समेत भएका छन् । सोमबारै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको अर्को परकम्प गएको छ । यसरी बारम्बार भूकम्पका झट्का महसुस भइरहदा भूकम्प प्रभावित नागरिक थप त्रसित बनेका छन् । यसैपनि घरबार बिहिन भएर बाहिर बसिरहेका भूकम्प प्रभावितहरु बारम्बारको परकम्पका कारण थप चिन्तित बनेका छन् । शुक्रबारको भूकम्पका कारण जाजरकोटमा १०१ र रुकुममा ५२ गरी १ सय ५३ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरिसकेको छ । ...
पुतली बाजेलाई सम्झँदै बाबुरामले भने, ‘कक्षा छाडेर पनि पुतली समाउन जानु हुन्थ्यो’

पुतली बाजेलाई सम्झँदै बाबुरामले भने, ‘कक्षा छाडेर पनि पुतली समाउन जानु हुन्थ्यो’

समाज
काठमाडौँ, १८ कार्तिक । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’को निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । नेपालका पुतलीहरूको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख व्यक्त गरेको हुन । ‘पुतली बाजे’ले चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको आज बिहान पोखरामा निधन भएको थियो । उनले यसरी सम्झिए: मेरा आदरणीय गुरु तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथ, जसलाई स्नेह भावका साथ ‘पुतली बाजे’ भनिन्थ्यो,  को आज  कार्तिक १८का दिन  पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु। केही वर्ष पहिले पोखरामा वहॉसंग भेट हुँदा  मैले सोधेको थिएँ- ‘तपाईँलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु ?’ वहाँले शान्त भावमा भन्नुभएको थियो- ‘ म नेपालमै मर्न चाहन्छु। तर नेपाली नागरिक भएर मर्न चाहन्छु।’ ५० बर्षभन्दा बढी नेप...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"