प्रमुख समाचार

राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ : शेबहादुर देउवा

राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ : शेबहादुर देउवा

प्रमुख समाचार, राजनीति, समाचार
७ पुस, काठमाण्डौं - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिबार पार्टीको वाग्मती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरेका हुन् । उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए । ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर कांग्रेसले खासगरी नेतृत्वदायी भूमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिक व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो । यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरू आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापि...
बक्यौता रकम नतिरेको भन्दै विद्युत प्राधिकरणले काट्यो चार ठूला उद्योगको लाइन

बक्यौता रकम नतिरेको भन्दै विद्युत प्राधिकरणले काट्यो चार ठूला उद्योगको लाइन

प्रमुख समाचार, समाचार
६ पुस, काठमाडौं - नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको लाइन काटेको छ।  प्राधिकरण स्रोतका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको हो । प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको चार अर्ब १४ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै रिलायन्सले एक अर्ब ९४ करोड रूपैयाँ र घोराही सिमेन्टले एक अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी छ। अर्घाखाँचीको एक अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ।...
अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

प्रमुख समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
६ पुस, काठमाडौं - काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न महानगरपालिकाले निर्देशन दिएको छ। काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्। अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो। सूचना:...
एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधनगर्दै प्रधानमन्त्री

एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधनगर्दै प्रधानमन्त्री

प्रमुख समाचार, समाचार
६ पुस, मोरङ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् । ‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष पुरा हुँदैछ । यो बिचमा मैले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको छु’, प्रचण्डले भने,  ‘यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठुलो सम्बोधन गर्दै छु । ’...
कृषिप्रधान मुलुकको आधा जनसंख्या आफूले उत्पादन गरेको कृषिउपजले छ महिना बाँच्न सक्दैनन् : कांग्रेस महामन्त्री गगनकुमार थापा

कृषिप्रधान मुलुकको आधा जनसंख्या आफूले उत्पादन गरेको कृषिउपजले छ महिना बाँच्न सक्दैनन् : कांग्रेस महामन्त्री गगनकुमार थापा

प्रमुख समाचार, राजनीति, समाचार
६ पुस, उदयपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले समानुपातिक निर्वाचन प्रणालीको विरोध भइरहेको भन्दै समावेशी नेपालका लागि मिश्रित निर्वाचन प्रणालीको विकल्प नभएको बताएका छन् । शुक्रबार कटारीमा उदयपुर कांग्रेसको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले मिश्रित समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको, तर नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने चलन नचाहिएको बताए । ‘हामीले समाज जस्तो छ, संसद्लाई पनि त्यस्तै बनाउने परिकल्पना गरेका हौँ, त्यसैका लागि समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो,’ उनले भने, ‘तर यो समानुपातिक प्रणालीमा नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने होइन, यस्तो अभ्यासलाई हामीले स्वीकार्न सकिँदैन ।’ महामन्त्री थापाले अहिले तीन वटै तहका सरकारले नागरिकले अनुभूत गर्ने गरी परिणाम दिनुपर्ने बताए । ‘तलदेखि माथिसम्म नेपाली कांग्रेस...
नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु : प्रधानमन्त्री पुष्पकमल दाहाल

नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु : प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रमुख समाचार, राजनीति, समाचार
६ पुस, सुनसरी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सधैं निरन्तरतामा क्रमभंगताको कुरा गरेको भन्दै  प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्मित ४०० केभी इनरुवा सबस्टेसन उद्घाटनका क्रममा शुक्रबार उनले आफू नयाँ ‘धक्का’को नजिक पुगेको बताएका हुन् । प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोसिस गरिरहेको उनले उल्लेख गरे । अबको निर्णय जनताको साथमा हुने उनले बताए । जनतालाई निराश पार्ने भाष्यप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसबाट टाढा रहन आग्रह गरे । उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गरे । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने उनको भनाइ छ । “मेरो अब एक वर्ष पूरा हुँदै छ, प्रधानमन्त्री भएर तेस्रो का...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

प्रमुख समाचार, राजनीति, समाचार
५ पुस, काठमाण्डौं  - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले 'संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने' बताएको छ । 'एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मसहित अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सद्‌भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको' राप्रपाको ठहर छ । "राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछ । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन । त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्...
कांग्रेस पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको छ : शेरबहादुर देउवा

कांग्रेस पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको छ : शेरबहादुर देउवा

प्रमुख समाचार, मधेश प्रदेश, समाचार
५ पुस, जनकपुर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गरेका छन् । बिहीबार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताए । उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता/कार्यकर्ताहरुलाई आग्रह गरे । उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताए । उनले भने, ‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा काँग्रेस लाग्नेछ । हामीलाई सहयोग गर्नुहोस् । काँग्रेसले अवश्य नै भोलिका दिनमा नेपालको पूर्ण रुपमा सरकार बनाउन सकोस् । अहिलेको बेला समानुपातिक प्रणाली भएको हुनाले समावेशी प्रणाली भएको हुनाले कसैको पनि बहुमत आउ...
राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय १३ किलोमिटर सडकमा दबाब यात्रा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय १३ किलोमिटर सडकमा दबाब यात्रा गर्ने

प्रमुख समाचार, समाचार
५ पुस, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् ।  पुस ९ गतेदेखि गैंडाकोटबाट १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् । २०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न नभएपछि समय थपिएको थियो । थपिएको समयमा पनि निर्माण सम्पन्न गर्ने गरी काम नभइरहेको भन्दै सभापति लामिछानेले दबाब यात्रा गर्न लागेका हुन् । यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। यस्तै, सांसदहरू निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुने र सर्वसाधारणलाई पनि यात्रामा सहभागी हुन आह्वान गर्ने रास्वपाले जनाएको छ।...
सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रमुख समाचार, समाचार, सूचना प्रबिधि
५ पुस, काठमाण्डौं - मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० पारित गरेको छ । मन्त्रिपरिषद्को‌ सामाजिक समितिले पेस गरेको निर्देशिका मन्त्रिपरिषद्ले बिहीबार  स्वीकृत गरेको हो । यसअघि २०७५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेको थियो । सो कार्यविधिमा सबै सरकारी कार्यालयले विभिन्न सामाजिक सञ्जाल प्लाटफर्ममार्फत सेवाग्राहीलाई सूचना दिनुपर्ने उल्लेख थियो । ट्वीटर, फेसबुक र भाइबरजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने भनिएको थियो । साथै, कार्यालयहरूले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख थियो । हाल सोही कार्यविधिमा संशोधन गरी निर्देशिका बनाइएको प्रधानमन्त्री तथा मन्त्रीपर...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"