बालकुमारीघटनामाज्यानगुमाउनेकापरिवारलाई १० लाखराहतदिने सरकारको निर्णय
१४ पौष, काठमाण्डौं - सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्।
साथै, घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण खर्च नेपाल सरकारले नै व्यहोर्ने भएको छ। ‘मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, उक्त घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने,’ मन्त्रिपरिषद्को निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय बैठकबाट गरिएको छ ।
आउँदा दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक...








