भारतसँगको विद्युत् व्यापारसम्बन्धी सम्झौताबारे सर्वोच्चले माग्यो एमीकस क्युरी
काठमाडौँ/ भारतसँगको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले एमीकस क्युरीको माग गरेको छ । भारतसँगको सम्झौता संसदबाट पास गराउनुपर्ने हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइका लागि अदालतले अदालतको सहयोगी माग गरेको हो ।
पूर्व प्रशासक सूर्यनाथ उपाध्यायद्वारा दायर रिटमा उक्त सम्झौता संविधानको धारा २७९ आकर्षित हुने होकि होइन र त्यसका लागि संसदको दुई तिहाईबाट पास गर्नुपर्ने हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइका लागि एमीकस क्युरीको माग गरेको हो । माघ १६ गते मंगलबार न्यायाधीश नहकुल सुवेदीको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारसँग एक एक जना एमीकस क्युरीको माग गरेको थियो । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएको समयमा गत जनरी ४ मा नेपाल र भारतबिच १० हजार मेगावाटको विद्युत् व्यापार सम्झौता भएको थियो । उक्त सम्झौतामा उत्पादित बिजुली बिक्रीको विषय मात्र...








