Breaking News 2

महिलाको जीवनस्तरमा सारभुत परिवर्तन नभएसम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन : राष्ट्रपति पौडेल

महिलाको जीवनस्तरमा सारभुत परिवर्तन नभएसम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन : राष्ट्रपति पौडेल

Breaking News 2, समाचार
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन हुनेगरी नीति, योजना रकार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार काठमाडौंमाआयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो विश्वास व्यक्त गर्नुभएको हो । इमेज खबरबाट साभार ।...
नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए ।  ...
जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बोलाए

जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बोलाए

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जसपाको १२ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।...
नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा ३ उपप्रधानसहित १६ जना मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।  
माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको -काङ्ग्रेस

माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको -काङ्ग्रेस

Breaking News 2
काठमाडौं । नेपाली काङ्ग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । बुधवार नेपाल निवास कोटेश्वरमा पुग्नुभएका काँग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक रहेको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।  सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने उनले बताए ।  ...
एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बिहान ११ बजे बस्न लागेको हो । नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफलका लागि पाटीको बैठक बस्न लागेको सचिवालयले जनाएको छ । मंगलबार एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समाजवादीका अध्यक्ष माधव नेपालको निवासमै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरेका थिए । मंगलबार प्रधानमन्त्री दाहाल र ओलीसँग भएको भेटमा अध्यक्ष नेपाल सकारात्मक रहेको बताइएको छ ।...
कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लियो

कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लियो

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो । बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।...
एमाले प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा,सचेतकमा सुनीता बराल

एमाले प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा,सचेतकमा सुनीता बराल

Breaking News 2, राजनीति
काठमाण्डौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा हुनुका साथै सचेतकमा सुनीता बराल नियुक्त भएका छन् । बर्तौला यसअघि सचेतक रहेका थिए । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् । त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । वर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् । बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् ।  ...
कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

Breaking News 2, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् ।  ...

कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"