Breaking News 2

आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दै

Breaking News 2, समाचार
काठमाडौं/ आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो । आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० (मस्यौदा माथी) पेश तथा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आ.व २०७९÷८० को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ । त्यसैगरि दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । राष्ट्रिय सभा अन्तर्गतको समितिहरुमा बिहान ११ बजे दिगो वि...
निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु

निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु

Breaking News 2, बागमती प्रदेश, स्थानीय तह विशेष
बागमती/ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ पाथिभरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु देखिएको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ एसले मकवानपुर सहित बारा सर्लाहीमा निशुल्क आँखा शिविर अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा आइतबार मकवानपुरको पाथीभरा र बारा जिल्लाको ईनारुवामा शिविर सञ्चालन गरिएको एरिया २ का एरिया चिफ जेपि यादवले बताए । पाथिभरामा १२६ जनाले आँखा परिक्षण गर्दा २० जनामा मोतिया विन्दु देखा परेको कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए । त्यस्तै, बाराको ईनरुवामा भएको निशुल्क आँखा शिविरमा ३२८ जनाले परिक्षण गरेका छन् । जसमध्ये ७८ जनामा मोतियाविन्दु देखा परेको संयोजक भेटवालले बताए । आज सोमबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौर र सर्लाहीको रामनगरमा कार्यक्रम सञ्चालन हुने चिफ यादवले बताए । यस अघि २० गते शनिबार मकवानपुरगढी गाउँपा...
मुगुमा आगलागी हुँदा दाजुु–बहिनीको मृत्युु

मुगुमा आगलागी हुँदा दाजुु–बहिनीको मृत्युु

Breaking News 2, समाचार
सुर्खेत / मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु–बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । ‘आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो’, डीएसपी थापाले अनलाइनखबरसँग भने, ‘पछि प्रहरीले दुईवटा जलेका शरीर भेटेको थियो ।’...
पहिचानको नारा लिएर चुनावमा जाँदा जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण : प्रधानमन्त्री दाहाल

पहिचानको नारा लिएर चुनावमा जाँदा जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण : प्रधानमन्त्री दाहाल

Breaking News 2, प्रमुख समाचार, समाचार
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएको छ । आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकोे हो । प्रधानमन्त्री दाहालले २०७० सालको चुनावमा आफूहरु पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मुल नारा लिएर निर्वाचनमा गएको भएपनि आदिवासी जनजातिकै साथ नपाएको उनले बताए । उनले ०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजाति नै पहिचानविरोधीलाई मत दिएको बताएको उल्लेख गरेका छन् । उनले यो दोष आदिवासी जनजातिको नभइ पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम भएको बताए । उनले पहिचानवादी पार्टी एकतावद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक...
चिलीको जंगलमा डढेलोबाट ४६ जनाको मृत्यु

चिलीको जंगलमा डढेलोबाट ४६ जनाको मृत्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी/ लेटिन अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको विनाशकारी डढेलोले एक हजारभन्दा बढी घरहरु नष्ट पारेको छ । तटीय पर्यटक सहर भिना डेल मारका मेयरले आफ्नो क्षेत्रका दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको जानकारी दिनुभयो । गृह मन्त्रालयका अनुसार देशभर ४३ हजार हेक्टरभन्दा बढी क्षेत्र आगलागीबाट प्रभावित भएको छ । सामान्य भन्दा बढी तापक्रम र तेज हावाका कारण डढेलो फैलिएको बताइएको छ । मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रको आकाश भुावा र खरानीले ढाकिएको छ । पर्यटकीय शहर भिना डेल मार वरपरका सबै प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरू पुग्ने प्रयास गरिरहेका गरिरहेका छन् ।...
निर्माण ब्यवसायी मकवानपुर शाखाको २४ औं साधारण सभा

निर्माण ब्यवसायी मकवानपुर शाखाको २४ औं साधारण सभा

Breaking News 2, समाचार
हेटौंडा/ निर्माण ब्यवसायी महासंघ मकवानपुरको २४ औं साधारण सभा समपन्न भएको छ । शनिबार संघको साधरण सभा सञ्चालन गरिएको हो । सभामा निर्माण ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता तथा निर्माण ब्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कडेलको सभा अध्यक्षतामा सभा सञ्चालन भएको थियो । प्रमुख अतिथि सिंहले कार्यक्रमको उद्धघाटन गर्दै महा संघ जिम्मेवार हुने र निर्माण ब्यवसायी संघको भवन निर्माणलाई बढी प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...
भारतसँगको विद्युत् व्यापारसम्बन्धी सम्झौताबारे सर्वोच्चले माग्यो एमीकस क्युरी

भारतसँगको विद्युत् व्यापारसम्बन्धी सम्झौताबारे सर्वोच्चले माग्यो एमीकस क्युरी

Breaking News 2, समाचार
काठमाडौँ/ भारतसँगको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले एमीकस क्युरीको माग गरेको छ । भारतसँगको सम्झौता संसदबाट पास गराउनुपर्ने हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइका लागि अदालतले अदालतको सहयोगी माग गरेको हो । पूर्व प्रशासक सूर्यनाथ उपाध्यायद्वारा दायर रिटमा उक्त सम्झौता संविधानको धारा २७९ आकर्षित हुने होकि होइन र त्यसका लागि संसदको दुई तिहाईबाट पास गर्नुपर्ने हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइका लागि एमीकस क्युरीको माग गरेको हो । माघ १६ गते मंगलबार न्यायाधीश नहकुल सुवेदीको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारसँग एक एक जना एमीकस क्युरीको माग गरेको थियो । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएको समयमा गत जनरी ४ मा नेपाल र भारतबिच १० हजार मेगावाटको विद्युत् व्यापार सम्झौता भएको थियो । उक्त सम्झौतामा उत्पादित बिजुली बिक्रीको विषय मात्र...
नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै घेदुङले गरे सिडिओलाई धन्यवाद ज्ञापन

नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै घेदुङले गरे सिडिओलाई धन्यवाद ज्ञापन

Breaking News 2, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै सिडिओलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपाल तामाङ घेदुङ बागमति प्रदेश र घेदुङ जिल्ला समितिले जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख सुर्य प्रसाद सेडाईलाई धन्यवाद ज्ञापन गरेको हो । बागमति प्रदेश सरकारले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजिको भाषा रुपमा प्रयोग गर्ने ऐन पारित भए पछि मकवानपुर जिल्ला प्रशासन कार्यलयका प्रमुख सेडाईले पहिलो चोटि तामाङ भाषामा बडा पत्र राखिएकोमा हष्रित भएको घेदुङ बागमति प्रदेशका अध्यक्ष लिला कुमार घलानले बताए । जिल्ला प्रशासन कार्यलयमा नागरिकता शाखा र राहधानि शाखामा तामाङ भाषामा जिगंल तयार पारी प्रस्तुत गरिकाले तामाङ समुदायका नागरिकलाई टेवा पुगेको उनको भनाई छ ।...
‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ नामक गैरआवासीय नेपाली संघको समानान्तर संस्था दर्ता

‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ नामक गैरआवासीय नेपाली संघको समानान्तर संस्था दर्ता

Breaking News 2, अन्तर्राष्ट्रिय
काठमाडौं । ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ नामक गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गर्दै संगठनलाई आधीकारिक्ता दिएको छ । गत २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो । युनाइटेड नेपाली डायस्पोरा संगठन सोनाम लामाको अध्यक्षतामा गठन भएको थियो । लामा एनआरएनएका पूर्वउपाध्यक्ष समेत हुन् । अघिल्लो पटक २०७८ चैतको एनआरएनए निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहने गरी यूएनडीओ दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर, परराष्ट्रले उक्त संस्था दर्ता गर्न नमानेपछि लामाले गत १५ सा...
स्ववियुको ४४ औ बार्षिक उत्सवमा खेल महाउत्सव हुने

स्ववियुको ४४ औ बार्षिक उत्सवमा खेल महाउत्सव हुने

Breaking News 2, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा/ स्वतन्त्र विद्यार्थि युनियन मकवानपुर बहुमुखी क्यामपसको ४४ औ बार्षिक उत्सवमा खेल महाउत्सव हुने भएको छ । माघ २१ ग्ते देखि फागुन ५ गते सम्म खेल महाउत्सव हुने स्ववियु मकवानपुर बहुमसखी क्यामपसका अध्यक्ष्य छोईसाङ लामाले जानकारी दिएका छन् । यसै गरी माघ २१ गते बास्केट बल प्रतियोगिता हुने र २२ गते भलिबल,२४ गते कबड्डी,२५ गते डोरी तान्ने र ब्याडमिन्टन, २६ गते दौड,२७ गते फुटबल क्रिकेट र फागुन १ गते टेबल टेनिस,कविता, गजल ,३ गते नृत्य,४ गते गायन र ५ गते हाजिरी जवाफ र वतिृत्वकला हुने अध्यक्ष्य लामाले जानकारी दिएको हो । विगतको बर्षमा पनि बार्षिक उत्सवको अवसर पारेर खेल महाउत्सवको आयोजना गर्दै आएको उनले बताए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"