अपराध/ अनुसन्धान

जीबी राई माथि सहकारीबारे प्रहरीले अनुसन्धान थाले

जीबी राई माथि सहकारीबारे प्रहरीले अनुसन्धान थाले

अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् । पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिश जारी भएको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गर्न सीआईबीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको छ ।  सो पत्राचारसँगै प्रहरी वृत्त कालीमाटीले त्यसबारे अनुसन्धान थालेको हो । स्वर्णलक्ष्मी सहकारीमा भएको घोटालाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । ईकान्तिपुरबाट...
पूर्व उपराष्ट्रपति  पुनका पुत्र दीपेशमाथि फेरि सुन तस्करी मुद्दामा अनुसन्धान हुने

पूर्व उपराष्ट्रपति पुनका पुत्र दीपेशमाथि फेरि सुन तस्करी मुद्दामा अनुसन्धान हुने

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ । सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा पुनको डीएफएल नगरेको विषय उल्लेख गरेको छ । समग्र सुन तस्करीमा आयोगले पुनको नाम उल्लेख गरेको हुनाले उनीसँग बयान लिनुपर्ने देखिएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । यसअघि ६० किलो सुन प्रकरणमा आफूले बोक्ने मोबाइल नलगेर पुन सामान्य ‘टुकटुके’ मोबाइल लिएर सीआईबीमा पुगेका थिए ।...
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउने अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउने अदालतको आदेश

Breaking News 2, अपराध/ अनुसन्धान, समाज
काठमाडौँ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । पुनरावेदन गरिएको मुद्दामा अदालतले अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउने भनिन्छ । अदालतले उक्त मुद्दामा आगामी वैशाख ३ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।...
वैवाहिक बलात्कार मुद्दामा नेपाल आइडल सिजन २ को विजेता गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

वैवाहिक बलात्कार मुद्दामा नेपाल आइडल सिजन २ को विजेता गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं । वैवाहिक बलात्कार र मुद्दामा नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गायक ओडको श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाएको छ । उनको इन्स्टाग्राम स्टोरी हेर्दा उनी यतिबेला सांगीतिक कार्यक्रमको लागि जापानमा रहेको बुझिन्छ ।...
मनहरीका कृष्ण बलले गरे आफ्नै दाई माथि खुकुरी प्रहार

मनहरीका कृष्ण बलले गरे आफ्नै दाई माथि खुकुरी प्रहार

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा आफ्नै दाई माथि कृष्ण बलले खुकुरी प्रहार गरेका छ । मनहरी वडा नम्बर ३ हाँडीखोलामा २६ बर्षिय बलले २८ बर्षिय क्पताल बललाई खुकुरी प्रहार गरी घाईते बनाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । खुकुरी प्रहारबाट उनको छात्ति, पेट, कुममा चोट लागेको जनाएको छ । उनको उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएकोमा सामान्य उपचारपछी थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं/ मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषोतम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल लगायतलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गराएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अर्का तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल र वरिष्ठ निर्देशक आनन्दराज खनालसहितका २० जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता भएको बताए । ईमेज खबरबाट...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम पक्राउ परेकी छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) को स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई प्रहरीले मंगलबार काठमाडौँको बालाजु क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । नेतृ बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । एसपी अधिकारीले जानकारी दिए अनुसार नेतृ बमले पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिक लाभ लिएको आरोप छ ।...
पाल्पामा पँधेरोमा नुहाउन गएकी १९ वर्षीया युवतीको हत्या

पाल्पामा पँधेरोमा नुहाउन गएकी १९ वर्षीया युवतीको हत्या

अपराध/ अनुसन्धान, समाचार
बुटवल / पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।   मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र भैरहवाबाट कुकुर घटनास्थल ल्याएर थप अनुसन्धान सुरु भएको बताए । त्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक अनुमान रहेको उनले बताए । अनलाईन खबरबाट,...
बजेटमा भ्रष्टाचार गरेको आरोपमा डा सुनिलकुमार विरुद्ध मुद्दा दायर

बजेटमा भ्रष्टाचार गरेको आरोपमा डा सुनिलकुमार विरुद्ध मुद्दा दायर

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित आम्रपाली सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मलङ्गवा सर्लाहीबाट आर्थिक वर्ष २०७५÷०७६ मा कृषि सेड निर्माणका लागि उपलब्ध सरकारी बजेटमा भ्रष्टाचार भएको पाइएको छ ।...
पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघा जग्गा जगदम्बा स्टिलको पोल्टामा

पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघा जग्गा जगदम्बा स्टिलको पोल्टामा

Breaking news 3, अपराध/ अनुसन्धान, मधेश प्रदेश, समाचार
बारा । देशको मेरुदण्ड नारा दिएको जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सम्बन्धित निकायहरू वास्तविकताको खोजीमा जुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई पत्राचार गरेर यस सम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगको पत्र पाएलगत्तै वन्यजन्तु विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई पत्र पठाउँदै ५ दिनभित्र जवाफ माग गरेको हो ।फागुन १ गते वन्यजन्तु विभागलाई आयोगले पठाएको पत्रमा जीतपुरसिमरा उपमहानगरस्थित जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा बढी जग्गा अतिक्रमण गरेको भन्ने सम्बन्धमा के कसो भएको हो, राय प्रतिक्रियासहित सम्बन्धित कागजात उपलब्ध गराउन भनिएको छ । निकुञ्जको जग्गा अतिक्रमणको सम्बन्ध...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"