छायाङ्कन अगावै विदेशी बजारबाट मुनाफा कमाउँदै ‘महाजात्रा’
काठमाडौँ, २१ असोज । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् ।
दर्शक बढाउने काम केही चलचित्रहरूले गरेका छन् । ती मध्येको एक हो ,‘जात्रा’ शृङ्खला । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्रहरूले अन्तर्राष्ट्रिय बजार विस्तारमा उ...


