Day: ३ वर्ष अगाडि

स्टालिन र माओको बिचमा के विवाद थियो ?

स्टालिन र माओको बिचमा के विवाद थियो ?

विचार/ लेख/रचना/ साहित्य
* माेहनविक्रम सिंह स्टालिन जीवित हुँदा पनि स्टालिन र माओका बिचमा कैयौँ प्रश्नहरूमा मतभेदहरू थिए । तर त्यस प्रकारका मतभेदहरू मुख्यतः तात्कालिक राजनीतिक र व्यावहारिक पक्षहरूसित सम्बन्धित थिए र त्यस्ता कतिपय प्रश्नहरूमा माओका विचारहरू सही थिए भनेर स्टालिनले पनि स्वीकार गरेका छन् तर माओद्वारा स्टालिनका बारेमा सैद्धान्तिक आलोचना १९५६ मा देखा पर्‍यो । त्यस बेला उनले आफ्नो एउटा रचनामा “स्टालिनमा अभिभूतवादको पर्याप्त अंश थियो” भनेर आलोचना गरे । त्यो आलोचनाबारे माओले त्यो बेला र पछि कुनै विश्लेषण र व्याख्या प्रस्तुत छैनन् र यसबारे अत्यन्त सङ्क्षिप्तमा नै आफ्नो विचार प्रकट गरेको पाइन्छ । यसबारे उनले लेख्दछन् ः “स्टालिनमा अभिभूतवादको केही अंश थियो र उनले धेरै मानिसहरूलाई अभिभूतवाद सिकाए ।” माओको तर्क अनुसार स्टालिनले उनको आफ्नो पुस्तक “सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बो.)को इतिहासमा विरोधी तत्त्वहर...
सुन तस्करी प्रकरण : राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर

सुन तस्करी प्रकरण : राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर

Breaking News 1, समाचार
  काठमाडौँ, २४ असोज । सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ । इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चार जना विरुद्ध बुधवार मुद्दा दायर गरेको हो । चार जना प्रतिवादीमध्ये तीन जना पक्राउ परेका छन् भने एक जना फरार छन् । पक्राउ परेका प्रतिवादीहरूमा  राहुल, काठमाडौँको नागार्जुन लोकेन्द्रकुमार पौडेल र  बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरुङ फरार छन्।   उनीहरू विरुद्ध  आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।...
मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परीक्षण

मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परीक्षण

Breaking News 1, विज्ञान प्रविधि
  नयाँ दिल्ली, २४ असोज । मङ्गल ग्रह पछि चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेर कीर्तिमान बनाएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले अब अन्तरिक्षमा मानव यान पठाउने तयारी पूरा गरेको छ । केन्द्रीय विज्ञान र प्रविधि र अन्तरिक्ष मन्त्री जितेन्द्र सिंहले मङ्गलवार भनेका छन् कि इसरोले अक्टोबर २१ मा गगनयान मिसनको लागि पहिलो परीक्षण उडान सुरु गर्न लागेको छ। चन्द्रयान–३ र आदित्य एल–१ मिसनमा संलग्न इसरोका इन्जिनियरहरूको अभिनन्दन कार्यक्रममा सिंहले अन्तरिक्षमा गएपछि गगनयान पुनः समुन्द्रमा अवतरण गर्ने बताए । उनका अनुसार नौ सेनाले चालक दलका सदस्यहरूको सुरक्षित फिर्ता सुनिश्चित गर्न मोड्युल पुनः प्राप्ति गर्न अपरेसन सुरु गरिसकेको छ। सिंहले भने कि इशरोले अर्को वर्षको अन्त्यमा अन्तरिक्षमा मानव मिसन सञ्चालन गर्नेछ। त्यसअघि यो परीक्षण परीक्षण हुन लागेको हो । अन्तरिक्ष यात्रीहरूलाई ...
‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

अन्तर्राष्ट्रिय
  मुम्बई, २४ असोज । गत हप्ता प्यालेस्टिनी  हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।   सो युद्धका कारण दुई देशीय सीमामा बसोबास गर्ने दुवै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बिचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्।   यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहुदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन । आजसम्म इजरायल पीडामा छ र सडकमा छ, क्रोधसहित हमासको आगोमा ज...
मुटुको संवेदना !

मुटुको संवेदना !

अपराध/ अनुसन्धान
*डा.कौशिला रिसाल हामी प्रत्येकसँग मुटु हुन्छ मुटु धड्कन हो, विश्वास हो कसैको भरोसा हो मायाको आवास हो । मुटु विशेष हुन्छ आफ्नाहरूको मुटु झन् विशेष हुन्छ मुटुभित्र राखेर जतनले हुर्काएका सन्तान झनै विशेष हुन्छन् ।   यतिबेला आशाको हरियो डालीमा पलाएको रहरको कोपिला फक्रिन नपाउँदै उडाइदिएको छ दशाको आँधीले पिरको नासो थमाएर सन्तान सुतेदेखि चीर निद्रामा बेस्सरी हल्लिएर आमाको मुटुबाट निस्किहेका छन् चीत्कारको आर्तनाद स्वर ।   शून्यतामा बिलाएका छन् आँखाबाट झरेका आँसुका ढिका, निदारबाट तप्प चुहिएर बिलाएको एक बुँद पसिनाजस्तै खत्रक्कै खसेर हमासको माटोमा बिलाएपछि आफ्नो प्रतिबिम्ब उतै छोडिएको छ सपनाको सुन्दर घर टुटेको छ जीवनको शृङ्खला हिउँदे बतासको एक झोक्का चिसो वेदनाले मनाएको छ मृत्युको उत्सव आमाको मुटुभित्र कहिल्यै नरित्तिने गरेर भरिएको छ पिरको भकारी । छियाछिया भएर रगतले लतपतिएको आफ्ना...
तामाङ र नेवारी (नेपाल भाषा) अब बाग्मती प्रदेशको सरकारी कामकाजीको भाषा

तामाङ र नेवारी (नेपाल भाषा) अब बाग्मती प्रदेशको सरकारी कामकाजीको भाषा

समाचार
मकवानपुर, २४ असोज । बाग्मती प्रदेशमा नेवारी (नेपाल भाषा) तथा तामाङ भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएको छ । मङ्गलवार बसेको प्रदेशसभा बैठकले नेपालीसहित नेवारी (नेपाल भाषा) र तामाङ भाषाले सरकारी कामकाजीको भाषा मान्यता पाउने गरी विधेयक पारित गरेका हुन । यो प्रदेशमा तामाङ र नेवार समुदायको बाक्लो बसोबास रहेको छ, जसअनुसार बागमती प्रदेश सरकारले सो दुई भाषालाई सरकारी कामकाज बनाउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो, जसलाई हिजो पारित गरे सँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन ।...
अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

Breaking News 1, अन्तर्राष्ट्रिय
काबुल, २४ असोज । अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। सो भूकम्पले ठुलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधवार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तर पश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन । अफगानिस्तानमा गत साता अर्थात् ७ अक्टोबर शनिवारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिई सकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको छ। तालिबानले त्यहाँ आएको यो भूकम्प दुई दशकय...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"