Day: ३ वर्ष अगाडि

नेपाल प्रहरीको प्राविधिक समूहतर्फ जागिर खुल्यो

नेपाल प्रहरीको प्राविधिक समूहतर्फ जागिर खुल्यो

समाज
काठमाडौँ, १७ कार्तिक । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको मानव श्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको जनाउँदै निवेदन माग गरेको हो । नेपाल प्रहरीका अनुसार माग गरेका पदमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मङ्सिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।...
हमास–इजरायल युद्ध, भारतीय मूलका इजरायली सैनिकको मृत्यु

हमास–इजरायल युद्ध, भारतीय मूलका इजरायली सैनिकको मृत्यु

अन्तर्राष्ट्रिय
नयाँ दिल्ली, १७ कार्तिक ।  हमास र इजरायलको बिचमा जारी युद्ध अझै रोकिने छाँटकाँट देखिएको छैन । यसैबिच, भारतमा इजरायलका महावाणिज्यदूत कोबी शोशानीले गाजा पट्टीमा भारतीय मूलका एक सैनिकको मृत्यु भएको जानकारी दिएका छन् । कोबी शोशानीले मृतक बालक इजरायली सेनामा सिपाहीका रूपमा कार्यरत रहेको र गाजा स्ट्रिपमा हमास लडाकुहरूसँग लड्दा ज्यान गएको बताएका हुन् । बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ । उनीहरूसँगै १७ इजरायली सैनिक पनि मारिएका छन् । हेलेल सोलोमन इजरायली सेनामा स्टाफ सार्जेन्टको रूपमा कार्यरत थिइन्। उनी इजरायलको डिमोना सहरका बासिन्दा थिए। उनको मृत्युको कारण यो थियो कि उनी गाजा सहर भित्र लड्न पुगेका थिए ।  ...
इरानका शीर्ष नेताले भने, ‘अमेरिका समर्थन बिना इजरायल एक दिन पनि टिक्दैन’

इरानका शीर्ष नेताले भने, ‘अमेरिका समर्थन बिना इजरायल एक दिन पनि टिक्दैन’

अन्तर्राष्ट्रिय
तेहरान, १७ कार्तिक । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले गाजा पट्टी र कब्जा गरिएको वेस्ट बैङ्कमा आफ्नो घातक सैन्य कारबाही जारी राख्दा इजरायल ‘असहाय र भ्रमित’ बन्दै गएको बताएका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमा पोस्ट गरिएको एक कथनमा, खामेनीले इजरायलीहरूलाई सीधा सम्बोधन गर्दै भने कि उनीहरूको सरकारले उनीहरूलाई ‘झूटो’ बोलिरहेको थियो, उसले हमासले कब्जामा लिएका बन्धकहरूमाथि चिन्ता व्यक्त गरेको थियो र बन्दीहरूलाई राख्न सक्ने क्षेत्रहरूमा गोलाबारी पनि गरिरहेको थियो।’ उनले अगाडी लेखेका छन् कि, ‘अमेरिकी समर्थन बिना इजरायल एक दिन भित्रमा नै मौन हुनेछ’ इजरायलले इरानलाई यस क्षेत्रमा आफ्नो नम्बर एक खतरा मानेको छ। यसले मध्यपूर्वमा हमास र लेबनानमा हिजबुल्लाह लगायत विभिन्न सशस्त्र समूहहरूलाई समर्थन गरेको उनीहरूको आरोप छ ।...
आइसिसी टी-२० : नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुँदै

आइसिसी टी-२० : नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुँदै

खेलकुद
काठमाडौँ, १७ कार्तिक । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा प्रतिस्पर्धा हुँदै छ । जारी आइसिसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले युएईसँग मैदानमा उत्रन लागेको हो । सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन् । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले युएईसँग भिड्न लागेको हो  । नेपाल समूह एको उप–विजेताका रूपमा समूह बी को विजेता युएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।...
ख्वप अस्पतालले भन्यो, ‘डन्डिफोरले मृत्यु भएको भनिएको नितु दुवालको पिसाबमा इन्फेक्सन थियो’

ख्वप अस्पतालले भन्यो, ‘डन्डिफोरले मृत्यु भएको भनिएको नितु दुवालको पिसाबमा इन्फेक्सन थियो’

स्वास्थ्य
भक्तपुर, १७ कार्तिक । ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरले एक जना बिरामीको मृत्युको विषयलाई लिएर अस्पतालबारे भ्रम सृजना गरेको जनाएको छ । अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बिहीबार विज्ञप्ति प्रकाशित गरी अस्पतालबारे भ्रममा नपर्न सवैसँग अनुरोध गरेको छ । भक्तपुर नगरपालिका वडा नं ८ निवासी सुश्री नितु दुवालको झन्डै दुई महिना अगाडि पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको थियो । तर उनको निधनबारे उनकी आमा, बुवा र दिदीले सामाजिक सञ्जालमा कार्तिक १४ गते लेखेका कुराहरूले समाजमा ख्वप अस्पतालबारे भ्रम सिर्जना गरेको हुँदा दुःख लागेको विज्ञप्तिमा जनाइएको छ । 'ख्वप अस्पताल परिवार २१ वर्षकी नितु दुवालको कलिलो उमेरमा निधन भएकोमा दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ, 'शोकाकुल परिवारका लागि यो एक अपूरणीय क्षति हो । मृतक आत्माको चिर शान्तिको का...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"