Day: २ वर्ष अगाडि

कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

प्रमुख समाचार, समाचार, स्वास्थ्य
८ पौष, काठमाण्डौं - कोभिड-१९ र यसको नयाँ भेरियन्ट 'जेएन.१' तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ ।  दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो ।  'कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको 'जेएन.१'बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,' डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् । उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा 'जेएन.१' फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो दरमा छ । विशेषगरी यतिबेला जाडो म...
लक्ष्मी महतो कोइरीको सांसद पद  निलम्बन फुकुवा

लक्ष्मी महतो कोइरीको सांसद पद  निलम्बन फुकुवा

राजनीति, समाचार
८ पौष, काठमाण्डौं - नेकपा एमाले को तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित लक्ष्मी महतो कोइरीको सांसद पद  निलम्बन फुकुवा भएको छ । कर्तव्य ज्यान र आगो लगाएको मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरले सफाइ दिएपछि सभामुख देवराज घिमिरेले सांसद पद निलम्बन फुकुवा गरेका हुन्। कोइरीको सांसद पद गत वैशाख १९ मा निलम्बन गरिएको थियो । संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सभामुख घिमिरेले कोइरीको सांसद पद निलम्बन फुकुवा गरेको आइतबार जारी गरेको सूचनामा उल्लेख छ।...
भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको नेकपा (एमाले)का अध्यक्ष ओलीको भनाई

भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको नेकपा (एमाले)का अध्यक्ष ओलीको भनाई

प्रमुख समाचार, समाचार
८ पौष, काठमाण्डौं -  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय शासन प्रणालीलाई सफल बनाउने कोसिसमा लाग्नुपर्ने बताएका छन् । १४ मंसिरदेखि १८ दिनसम्म चलेको  बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त कुरा बताएका हुन् । ओलीले भने 'संघीयतालाई सफल ढंगले कार्यान्वयन गरी मजबुद र सफल बनाउन कोसिस गर्नुपर्छ, अहिलेको चरण त्यो हो,' । संघीयताका संरचनाहरूले विकास निर्माणका कामहरूको अगुवाइ गर्नुपर्ने ओलीको भनाइ थियो । उनले भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको पनि स्पष्ट पारे । प्रदेश संरचना कार्यान्वयन र अभ्यासका क्रममा प्रश्न उठाउने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए...
जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्नु : प्रधानमन्त्री पुष्पकमल दाहाल

जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्नु : प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रमुख समाचार, समाचार
८ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन्।  आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।  प्रधानमन्त्रीले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।’ ‘हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौँ। त्यसैले तपाईंहरूले प्रस्ताव ल्य...
विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई

विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई

शिक्षा, समाचार
८ पौष, काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेता र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउन कानुनी जटिलता हुन सक्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । राईले विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था रहेको उल्लेख गरे । यी व्यवस्थाका कारण त्यो सम्भव हुन नसक्नेतर्फ उनले संकेत गरे । उनले निश्चित समयसीमा दिएर सो दिशातिर जान भने सकिने आफ्नो धारणा रहेको बताए । विद्यार्थीलाई कर लगाएर सामुदायिक विद्यालयमा पढाउनेभन्दा पनि गुणस्तर बढाएर आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"