संसद्को अधिवेशनमा संविधान अनुसारका कानून निर्माण गर्न रास्वपाको सरकारविरुद्ध दबाब बढाउने निर्णय
काठमाडौँ /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को आगामी अधिवेशनमा नयाँ संविधान अनुसारका कानून निर्माण गर्न सरकारविरुद्ध दबाब बढाउने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्य–मुख्य कानूनहरु नै निर्माण गर्न बाँकी रहेको भन्दै त्यस्ता महत्वपूर्ण कानूनहरु निर्माणमा आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बनाउने निर्णय लिएको हो । संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । रास्वपाले त्यसैको तयारीका विषषयमा छलफल गर्न शुक्रबार दलको बैठक राखेको थियो ।...



