सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता-२०२४ हुँदै
दक्षिण कोरिया । सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता- २०२४ को आयोजना हुने भएको छ । आँउदो जुन ३० तारिखको दिन “जिल्ला स्तरीय रूपमा छात्रवृत्ति अक्षय कोष निर्माणार्थ” फरान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा वृहत पुल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ट्रफी, मेडल सहित नगद २० लाख कोरियन वन पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोश्रो र तेश्रो स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः जनही ट्रफी, मेडल र नगद १० लाख वन र ५ लाख कोरियन वन प्राप्त गर्नेछन् ।
विभिन्न पुल प्रतियोगितामा भाग लिइ विजयी भइसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको उपाध्यक्ष तथा खेल संयोजक पासाङ शेर्पाले बताएका छन् ।
खेलसम्बन्धी टाइसिट जुन २९ मा निर्माण गरिने र ३० त...
