Day: २ वर्ष अगाडि

भिसाका कारण ‘नेप्कोर नाइट’ स्थगित 

भिसाका कारण ‘नेप्कोर नाइट’ स्थगित 

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नेप्कोर इन्टरटेनमेन्ट दक्षिण कोरियाको आयोजनामा हुन लागेको नेप्कोर नाइट लाहुरे एण्ड ब्याड कम्पनी कार्यक्रम स्थगित भएको छ । कार्यक्रममा ल्याउन खोजिएको केही अतिथि कलाकारको भिसा नलागेको कारण कार्यक्रम स्थगन गर्नु परेको आयोजकले एक सूचना मार्फत जानकारी गराइएको छ । कार्यक्रममा र्‍यापर आशिष राणा लाहुरे र ब्याड कम्पनीका कलाकारहरूलाई ल्याउन खोजिएको थियो ।  अन्तिम समयमा कार्यक्रम स्थगन गर्नु पर्दा दुःख लागेको भन्दै दर्शक श्रोतामाझ आयोजकले माफी समेत मागेका छन् । आयोजकले सोही प्रकृतिको कार्यक्रम अर्को मितिमा गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ गरेको टिकटको शुल्क सुरक्षित साथ फिर्ता हुने समेत जनाएका छन् । नेप्कोर परिवारले दक्षिण कोरियामा बिभिन्न इभेन्टहरू गर्दै आइरहेका छन् ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"