‘सेलो नाइट विथ विश्व दोङ’ कार्यक्रम भव्यताका साथ सम्पन्न, सेलोमा झुमे कोरियाको दर्शक
दक्षिण कोरिया । लाबा ग्रुप र साइनो ग्रुप दक्षिण कोरियाको सयंक्त आयोजनामा भएको 'सेलो नाइट विथ विश्व दोङ-२०२४' कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पुस्तकालय निर्माण सहयोगार्थ तथा मौलिक रैथाने सेलो संगीतको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा पाँच सय पचास जना भन्दा धेरै दर्शक श्रोताको सहभागिताका साथ सम्पन्न भएको थियो ।
दक्षिण कोरियामा पहिलो पटक मौलिक रैथाने संगीतलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रम भव्यताका साथ सफल हुँदा आयोजकले दर्शक श्रोतालाई धन्यवाद ज्ञापन समेत गरेका छन् । छुसकको दोश्रो दिन १७ सेप्टेम्बरको रातमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल देखि ल्याएको अतिथि कलाकार सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहेको थियो । सौलको सङसिनयदे इब्गुमा रहेको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा भिड व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे...