Day: २ वर्ष अगाडि

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयाप गरेको आरोपमा थप एक जना पक्राउ

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयाप गरेको आरोपमा थप एक जना पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा छिन् । उनलाई इटहरीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा यसअघि सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम पक्राउ परेका थिए । घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरू विरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । ललितपुरको साना गाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेका छन् । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्...
हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाडौँ /  हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् । बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।...
प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रधानन्यायाधीशमा राउत नियुक्त

Breaking News 2, समाचार
काठमाडौँ / सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजे हुँदैछ । यसअघि असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"