कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी प्रहरीको नियन्त्रणमा
हेटौंडा/ कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले पदबाट बुधबार राजीनामा थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष उनलाई दिनुभएको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी नदिई जापानको टोकियो महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन कात्तिक १३ गते जापान गएका अधिकारीलाई मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि उनलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले बताएका छन् । जापान जाने क्रममा हङकङमा ट्रान्जिट हुँदा मन्त्रीको सचिवालयको परिचय पत्र बोकेका तीन जना व्यक्तिहरूले आफूहरू पनि सोही कार्यक्रममा सहभागी हुन लागेको भन्दै परिचय दिएको र उनीहरूसँग जापान पुगेको मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा बताएका छन् ।...

