मनहरीका ३ जना बालिका बेपत्ता
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ प्रतापपुरका ३ जना बालिका बेपत्ता भएका छन्।
मनहरी ७ मा अवस्थित ब्रम्हाकालि मा . वि कक्षा ३ मा अध्यनरत छात्राहरू १२ बर्षिय मनिसा राई , ११ बर्षिय सुस्मा राई , ८ बर्षिय आरोसि राई बेपत्ता भएका छन । उनिहरु स्कुलबाट ३:२० बजे छुट्टिएर घर हिढेका थिए तर अहिले सम्म पनि घर नआएकाे आफन्तहरु बताउछन । बालिकाहरुको स्थानिय , प्रहरी द्वारा खोजि कार्य जारी रहेको बताईएको छ ।...



