एक सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण
हेटौंडा/ हेटौंडा–१७ हटिया स्थित प्रस्तावित श्री कृपालु चिकित्सालय स्थलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जनाको स्वास्थ्य परीक्षण गरीएको छ । शनिबार सम्पन्न शिविरमा सामान्य चिकित्सा, फिजियोथेरापी, मुटु, कलेजो, मृगौला र पेट सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।
मासिक रुपमा संचालन हुने उक्त शिविरमा सिद्धस्थली रुरल कम्युनिटी अस्पताल र हेटौडा अस्पतालका विज्ञ डाक्टरहरूबाट स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । हेटौडा अस्पतालका जनरल फिजिसियन डाक्टर उदित आचार्य, सिद्धस्थली रुरल कम्युनिटी अस्पतालका डाक्टर अबन गौतम, राष्ट्रिय बहिरा महासंघ नेपालमा कार्यरत फिजियोथेरापिष्ट डाक्टर निशा राना, ल्याब टेक्निसिएन प्रतिक्षा पौडेल, हटिया अस्पतालकी अनमी संगीता गौतम र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स अस्मिता काफ्लेले स्वास्थ्य जाँच गर्नुभएको थियो ।
श्री राधा माध...