Day: १० महिना अगाडि

सामाजिक अभियन्ता वाईबाको अगुवाइमा घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

सामाजिक अभियन्ता वाईबाको अगुवाइमा घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

Breaking News 2, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  सामाजिक अभियन्ता संगिता वाईबाको अगुवाइमा हेटौंडा–१४ निवासी बाबुलान घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा वाईवाले संकलित रकम र खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । दुई दिने सामाजिक सञ्जाल अभियानमार्फत ३२ हजार ५६५ रुपैयाँ संकलन भएको थियो । सोमध्ये १४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न र १७ हजार ७६५ रुपैयाँ नगद घलान परिवारलाई प्रदान गरिएको हो । आर्थिक अवस्था कमजोर रहेका बाबुलान घलानको खुट्टा भाँचिएर रड हालिएको छ । उनकी पत्नी सानु माया थिङ विगत दुई वर्षदेखि प्यारालाइसिसका कारण अपाङ्ग अवस्थामा छन् । उनको एक हात र खुट्टा काम नगर्ने अवस्थामा छ । परिवारमा एक छोरा पनि रहेका छन् । सहयोग कार्यक्रममा वाईवाले घलान परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा उपचार खर्चका लागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । वाईवाले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"