विचार/ लेख/रचना/ साहित्य

जीवनको पाठशालाबाट सिकौँ

जीवनको पाठशालाबाट सिकौँ

फिचर, विचार/ लेख/रचना/ साहित्य
स्वेट मार्डन  प्रकृतिको काममा न त कहीँ दुर्बलता छन् अव्यवस्था नै । प्रकृतिको सारा काम एक नियम अनुसार चल्दछ । अतः नियमपूर्वक काम गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछ । जो व्यक्ति यस बाटोको अनुसरण गर्दैन, उसको पतन ऊ आफैले गर्दछ । मानी लिनुहोस् एक भीड भएको बसमा यात्रा गर्दा तपाईँको ज्याकेटको फास्नर काटेर तपाईँको गोजीमा भएको सम्पूर्ण पैसा सखाप पारियो, के अब तपाईँ दोस्रो पटक पनि खल्तीमा पैसा राखेर त्यसरी नै यात्रा गर्नुहुन्छ ? गर्नु हुन्न । तपाईँ यस घटनाबाट एक पाठ सिक्नुहुन्छ । ठिक यसै प्रकार जब तपाईँको जीवनमा कुनै गल्तीको कारण कुनै हानी हुन जान्छ, त्यसपछि तपाईँले केही न केही पाठ सिक्नु आवश्यक छ । जो आफ्नै जीवनको पाठशालाबाट केही पाठ सिक्दैन, त्यो व्यक्ति जीवनभर दुःखी रहन्छ । लर्ड एवल (Lord Abel) एक विशेष व्यापारिक सम्झौताको निम्ति जानु थियो । समय ठिक दश बजेको थियो । अल्छीको कारणले ऊ साढ...
इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल) के भन्छ ? 

इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल) के भन्छ ? 

अन्तर्राष्ट्रिय, विचार/ लेख/रचना/ साहित्य
इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा आश्विन २९ गते जारी गरिएको वक्तव्य ः प्यालेष्टाइन र इजरायलका बिचमा सङ्घर्षको लामो इतिहास छ । अमेरिकी मदतमा यहुदीहरूले लाखौँको सङ्ख्यामा प्यालेष्टाइनीहरुलाई देशबाट निष्कासित गरेपछि दुबैका बिचमा तनाव र युद्धको स्थिति उत्पन्न भएको छ । प्यालेष्टाइनीहरुले आफ्नो मातृभूमिमा फर्कनको लागि युद्ध गरिरहेका छन् ।केही दिन पहिले हमासले इजरायलमाथि आक्रमण गरेपछि अहिलेको युद्ध सुरु भएको   हो । यो युद्धमा १० जना नेपाली विद्यार्थीहरू लगायत विभिन्न मुलुकका नागरिकको पनि हत्या गरिएको थियो र ठुलो सङ्ख्यामा इजरायलका जनतालाई हत्या  गरिएको थियो वा उनीहरूलाई अपहरण गरेर बन्धक बनाइएको छ । जुनसुकै पक्षबाट भए पनि निःशस्त्र र निरपराध जनताको हत्या वा अपहरणलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । त्यसैले हमास पक्षबाट निरपराध र निःशस्त्...
संसारभरिका नेपालीहरूको अभिभावक, सक्तमान भन्छन्, ‘विभिन्न प्रलोभनहरूबाट पनि मेरो आस्था झुकेन’

संसारभरिका नेपालीहरूको अभिभावक, सक्तमान भन्छन्, ‘विभिन्न प्रलोभनहरूबाट पनि मेरो आस्था झुकेन’

विचार/ लेख/रचना/ साहित्य
बुवा जसबहादुर र आमा पबिसराको कान्छो छोराको रूपमा जन्मिए, सक्तमान बुढाथोकी । वि.सं.२०३०साल वैशाखमा खुँगाको तोस्वाङमा एकदमै गरिब परिवारमा जन्मिएका हुन उनी । एकदम दुर्गम गाऊ थियो तोस्वाङ । स्कुल जानको लागि पनि घरबाट लगभग डेढ घण्टा स्कुल हिँडेर जानुपर्दथ्यो । बुवा जसबहादुर अलि शिक्षित भएकाले पनि आफ्ना सबै छोराछोरीलाई पढाउन चाहन्थे । सक्तमान पनि  ११ वर्षको उमेमा स्कुले जीवन सुरु गरे । चप्पल लगाउने चलन थिएन । पाटीमा कालो कोइलाले लेख्ने गरिन्थ्यो । त्यस प्रकारको परिस्थितिमा पनि सक्तमान स्कुले जीवनलाई निरन्तरता दिइरहे । दाइ गिरी बुढा पढाइमा अल्छी भएकाले बुवाको धेरै पिटाई खाए पनि आफू पढाइमा मेहनती भएको बताउँछन् उनी । कक्षा ५सम्म लुकुरवनको स्कुलमा पढाई पुरेपछि कक्षा ६ र ७ तमान र त्यसपछि बुर्तिवांगमा सक्तमानले पढाइलाई निरन्तरता दिए । स्कुले जीवनमा उनी विद्यार्थी सङ्गठनमा पनि आबद्ध भए । गिरी दाइहर...
दसैँको नशालु प्रभाव र त्यसको अर्थशास्त्र

दसैँको नशालु प्रभाव र त्यसको अर्थशास्त्र

विचार/ लेख/रचना/ साहित्य
ईश्वरचन्द्र ज्ञवाली यतिखेर दसैँ–पर्व नजिकिदैं गएको छ । पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । श्रम कार्यपछि मानवीय मनोरञ्जनको प्रवृत्ति, धार्मिक–आस्था, खुसी, मिलन भेटघाटका समारोह, आर्थिक प्रभाव, भोगी–विलासी मनोवृत्ति, सामाजिक परम्परा र चालचलन, ऋतूत्सव र प्राकृतिक सौन्दर्यको अवगाहन गर्ने मानव स्वभाव जस्ता मानवीय प्रवृत्तिबाट बनेका धारणाले पर्व–उत्सवहरू विकसित भएका हुन् । यसका पछाडि आध्यात्मिक र भौतिक दुवै परिवेशले काम गरेका छन् । एकातिर चाड, पर्व, मेला, उत्सवहरू कहीँ न कहीँ धार्मिक–आध्यात्मिक आस्थासँग जोडिएका छन् भने अर्कातिर भौतिक परिवेश र आवश्यकतासँग पनि जोडिएका छन् तर आजसम्मको तिनको विकास प्रक्रिया र चलनलाई हेर्ने हो भने आरम्भिक अवस्थामा श्रम उत्सव र पछि धार्मिक–आध्य...
स्टालिन र माओको बिचमा के विवाद थियो ?

स्टालिन र माओको बिचमा के विवाद थियो ?

विचार/ लेख/रचना/ साहित्य
* माेहनविक्रम सिंह स्टालिन जीवित हुँदा पनि स्टालिन र माओका बिचमा कैयौँ प्रश्नहरूमा मतभेदहरू थिए । तर त्यस प्रकारका मतभेदहरू मुख्यतः तात्कालिक राजनीतिक र व्यावहारिक पक्षहरूसित सम्बन्धित थिए र त्यस्ता कतिपय प्रश्नहरूमा माओका विचारहरू सही थिए भनेर स्टालिनले पनि स्वीकार गरेका छन् तर माओद्वारा स्टालिनका बारेमा सैद्धान्तिक आलोचना १९५६ मा देखा पर्‍यो । त्यस बेला उनले आफ्नो एउटा रचनामा “स्टालिनमा अभिभूतवादको पर्याप्त अंश थियो” भनेर आलोचना गरे । त्यो आलोचनाबारे माओले त्यो बेला र पछि कुनै विश्लेषण र व्याख्या प्रस्तुत छैनन् र यसबारे अत्यन्त सङ्क्षिप्तमा नै आफ्नो विचार प्रकट गरेको पाइन्छ । यसबारे उनले लेख्दछन् ः “स्टालिनमा अभिभूतवादको केही अंश थियो र उनले धेरै मानिसहरूलाई अभिभूतवाद सिकाए ।” माओको तर्क अनुसार स्टालिनले उनको आफ्नो पुस्तक “सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बो.)को इतिहासमा विरोधी तत्त्वहर...
‘नयाँ पुस्ताको दृष्टिकोणले देशको भविष्य निर्धारण गर्दछ’

‘नयाँ पुस्ताको दृष्टिकोणले देशको भविष्य निर्धारण गर्दछ’

विचार/ लेख/रचना/ साहित्य, शिक्षा
काठमाडौँ, आश्विन २१ गते । ‘देशका भविष्य कस्तो बन्छ ? आम जनताको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । आज जनतामा पनि युवाहरूको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । त्यस कारण नयाँ पुस्ताको कस्तो प्रकारको दृष्टिकोण बन्छ  ? त्यसले नै देशको भविष्य निर्धारण हुने बताउँछन्’ नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह । ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा आश्विन २१ गते केन्द्रको हलमा ‘नयाँ पुस्ता र देशको भविष्य’ विषयक परिचर्चा कार्यक्रममा नेता मोहनविक्रम सिंहले, ‘यदि नयाँ पुस्ता व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने हो भने देशको भविष्य अझ अन्धकार हुँदै जाने’ बताए – ‘व्यक्तिगत स्वार्थमा आधारित दृष्टिकोण मात्र हाबी हुँदै जाने त्यसका साथै देशमा केही हुँदैन, देशको भविष्य छैन जस्ता दृष्टिकोण प्रबल हुँदै जानु विडम्बनाको विषय हो ।’ ‘यस प्रकारको नकारात्मक दृष्टिकोणले गर्दा अत्यधिक युवाहरू विदेश पलायन ...
किन एमसीसीको घाँडो ?

किन एमसीसीको घाँडो ?

विचार/ लेख/रचना/ साहित्य
* *  *  भैरव रिसाल नेपालमा हामी धेरैमा विदेशी सहायताबारे व्यापक भ्रम छ । त्यो भ्रम हो नेपालको विकासमा विदेशी सहायता जरुरी छ भन्ने । यो यथार्थ होइन । यसको मनसाय कदापि यो पनि होइन कि विदेशी सहायता जरुरी नै छैन । विदेशी सहायताको स्वरूप एवं प्रवृत्ति केही समयदेखि बदलिएको छ । आज वैज्ञानिक समुन्नति एवं व्यापकताले गर्दा अलिकति हुनेखाने भएपछि सानो राष्ट्र पनि बजार खोज्न थाल्छ । आफ्ना उत्पादनले सुरक्षित बजार पाओस् र पाओस् आफ्नो  नागरिकले रोजगारी पनि । ती विपन्न देशमा पुग्नुपर्दो । आजको विश्व वातावरण यस्तो भइसक्यो रित्तो हात आउनेलाई कोही पनि स्वागत गर्न उत्सुक देखा पर्दैन । तसर्थ, केही न केही सहयोगको पोको लिएर जानुपर्छ । सहायता दिने देश वा संस्थाका मान्छे सल्लाहकारका रूपमा आउँछन् । उनीहरू निःशुल्क होइन सशुल्क हुन्छ । त्यो पनि उनीहरूको मुलुकअनुसारको जीवनस्तर अनुसारको सुविधा पाउने गरी । ती सहयोग गर...
मैले काशी लिन नसकेकोमा क्षमा प्रार्थी छु बाउजु !

मैले काशी लिन नसकेकोमा क्षमा प्रार्थी छु बाउजु !

विचार/ लेख/रचना/ साहित्य
* * वाशिष्ठ कहिले काँहि शिक्षा दिने गुरुले गलत शिक्षा दिएको छ भने त्यो सुन्दा पनि सुगा रटाई गलत रटिएको हुन्छ । एक भाष्य गलत पढाइएको छ – फलानो मण्डले ,.. फलानो राजावादी, फलानो दक्षिणपन्थी, फलानो भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद आदि । खासमा मुलुकमा कसको कति योगदान छ ? केही थाहा छैन अनि अर्को आफ्नै ज्ञानले नबुझ्दासम्म गलत पनि सही लाग्छ । मलाई पनि हाम्रा चाडबाड संस्कृतिलाई गलत भाष्य रूढिवादी भनेर गर्न पर्ने मतमा म पनि कहिलेकाहीँ लाग्छ किन लोकाचारलाई ऋण लगाई लगाई गर्नु ? २०५० माघ १८का दिन म १४ वर्ष पुगेर १५ लाग्दा बाउजुले छोडेर गए । भोलिपल्ट कर्णाली चिसापानीमा शव जलाउन ल्याइयो । सबैले मलाई क्रिया गर्न सक्दैन भने । अनि माइला बाउजु बस्नु भयो । मलाई जसरी पनि बसालेको भए मैले त्यसै दिनबाट पिण्ड लडाउन अभ्यस्त भैसकेको हुन्थे ।  माइला बाउजुले अभिभारा बोकेकाले मलाई त्यो आइ परेन र आजसम्म आ...
जनताको जिम्मेवारी

जनताको जिम्मेवारी

विचार/ लेख/रचना/ साहित्य
* भिष्म जोशी धेरै पर नजाऔँ ०४६ सालको आन्दोलन यता भनौँ वा आज भन्दा करिब ३४/३५ वर्ष यता हेर्ने हो भने नेपालमा अस्थिरतै अस्थिरता मात्र देखिन्छ । त्यो अस्थिरता केवल राजनीतिमा मात्र होइन, समाजका हरेक क्षेत्रमा देखिन्छ । राजनीति बिग्रियो भने हरेक चिज बिग्रिन्छ या बिग्रिन्न त्यो अर्कै पाटो भयो तर सबैको केन्द्र बिन्दु राजनीति बनाइयो । देशको राजनीति जता घुम्यो त्यतै समाजका हरेक पाङ्ग्राहरू घुम्दै गए । समाजका हरेक अङ्गहरू राजनीति रुपी  मृत्युको कुवाबाट बाहिर ननिस्कने गरी किन रुमल्लियो रहे त ? किन अगाडी बढेन नेपालको रथ ? यी प्रश्नहरूको जिज्ञासा जाग्नु स्वाभाविक बनेको छ  । यो ३५ वर्षको अवधि भनेको समयको सानो इकाई पल, क्षण, आँखा झिम्क्याई वा मोनो सेकेन्ड होइन । यो ठुलो अवधि हो । ठुला ठुला राष्ट्रहरूले पनि एक दशक मै विकासमा कायापलट गरेका छन् । प्रत्येक ५ वर्षको योजना बनाउँदा ठुला ठुला राष्ट्रिय कार्यभार...
दर्शन भनेको के हो ?

दर्शन भनेको के हो ?

विचार/ लेख/रचना/ साहित्य
* * रामराज रेग्मी दर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो । यसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । संस्कृतमा दर्शनलाई यसरी परिभाषित गरिएको छ, ‘दृश्यते अनेन इति दर्शनम्’ अर्थात् जसको सहयोगबाट देखिन्छ, त्यो दर्शन हो । यसो भन्दा आँखाको सहयोगबाट देखिने हुनाले त्यो दर्शन हुने भयो भन्ने तर्क आउन सक्छ । तर, यहाँ भन्न खोजिएको आँखालाई होइन, गहिरो ज्ञान दृष्टिलाई हो । प्राचीन संस्कृत साहित्यले दर्शनलाई गहिरो ज्ञान दृष्टिको अर्थमा लिएको छ । अङ्ग्रेजीमा दर्शनलाई Philosophy भनिन्छ । यसमा दुई शब्द Philos र Sophy को मिलन भएको छ । ग्रीक भाषामा Philos को शाब्दिक अर्थ मोह र Sophy अर्थ विवेक हुन्छ । यस कारण Philosophy को अर्थ हुन्छ, विवेक अथवा ज्ञानप्रतिको मोह । यस परिभाषामा ग्रिसेली दार्शनिक पाइथागोरससँग सम्बन्धित एक पौराणिक कथा Mythology पनि जोडिएको छ । उनले एउटा प्रसङ्गमा भनेका थिए, म बुद्ध...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"