जीवनको पाठशालाबाट सिकौँ
स्वेट मार्डन
प्रकृतिको काममा न त कहीँ दुर्बलता छन् अव्यवस्था नै । प्रकृतिको सारा काम एक नियम अनुसार चल्दछ । अतः नियमपूर्वक काम गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछ । जो व्यक्ति यस बाटोको अनुसरण गर्दैन, उसको पतन ऊ आफैले गर्दछ ।
मानी लिनुहोस् एक भीड भएको बसमा यात्रा गर्दा तपाईँको ज्याकेटको फास्नर काटेर तपाईँको गोजीमा भएको सम्पूर्ण पैसा सखाप पारियो, के अब तपाईँ दोस्रो पटक पनि खल्तीमा पैसा राखेर त्यसरी नै यात्रा गर्नुहुन्छ ? गर्नु हुन्न ।
तपाईँ यस घटनाबाट एक पाठ सिक्नुहुन्छ । ठिक यसै प्रकार जब तपाईँको जीवनमा कुनै गल्तीको कारण कुनै हानी हुन जान्छ, त्यसपछि तपाईँले केही न केही पाठ सिक्नु आवश्यक छ । जो आफ्नै जीवनको पाठशालाबाट केही पाठ सिक्दैन, त्यो व्यक्ति जीवनभर दुःखी रहन्छ ।
लर्ड एवल (Lord Abel) एक विशेष व्यापारिक सम्झौताको निम्ति जानु थियो । समय ठिक दश बजेको थियो । अल्छीको कारणले ऊ साढ...








