भूकम्प प्रभावितले अझै पाएनन् राहत, प्रधानमन्त्री राहत कोषमा करोडौं रकम, नागरिक कुरेको कुर्यै
कात्तिक २२, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित कहाँ अझै पनि राहत सामग्री पुग्न सकेको छैन ।
भूकम्पको केन्द्रविन्दु जाजरकोटको रामीडाँडा तथा अन्य ग्रामिण स्थान र रुकुम पश्चिमका पनि ग्रामिण बस्तीमा अझै सम्म पनि राहत सामग्री पुग्न नसकेको हो ।
शुक्रबार भूकम्प गएपछि भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितलाइ भेट्न जाजरकोट पुगेका थिए र राहतको काम दु्रत गतिमा गर्ने प्रतिवद्धता जनाएका थिए ।
सरकारले राहत वितरणको कामलाइ व्यवस्थित बनाउने भन्दै एकद्वार प्रणाली पनि लागू गर्यो । तर तर भूकम्प गएको एक साता हुनै लाग्दा समेत प्रभावितले राहत सामग्री पाएका छैनन् ।
सामान्य टेन्टको समेत उपलब्धता नभएपछि प्रभावितहरु बारीको पाटोको चिसो भुईँमा त्यसै रात काटिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।
सदरमुकाम र सजिलो बस्तीमा बिभिन्न संघ, सस्थाका प्रतिनिधि पुगेर...








