हुथी बिद्रोहीले कब्जा गरे इजरायली कार्गो जहाज
४ मंसिर, ४ मंसिर । इजरायलले यमनका हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय कार्गो जहाज कब्जा गरेको आरोप लगाएको छ।
हुथी विद्रोही समूहले कब्जामा लिएको कार्गो जहाज भारततर्फ गइरहेको इजरायलले जनाएको छ । तेल अभिभले इरानलाई आतंकवादी घटना भन्दै दोष लगाएको बताएको छ । उसले भनेको छ, ‘यो विश्वव्यापी रूपमा निकै गम्भीर घटना हो ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बेलायतको स्वामित्वमा रहेको र जापानबाट सञ्चालित कार्गो जहाज इरानको सहयोगी हुथी विद्रोहीले कब्जा गरेको जनाएको हो । जहाजमा एक जना पनि इजरायली नागरिक थिएनन्।
नेतान्याहुको कार्यालयका अनुसार इरानले गरेको आतंकवादी कार्य हो, जसले विश्वव्यापी शिपिंग मार्गहरूको सुरक्षालाई असर गरेको छ । यसले इरानले स्वतन्त्र संसारका जनताविरुद्ध गरेको कारबाहीलाई देखाउँछ।
यमनका हुथी विद्रोहीहरुले एउटा कार्गो जहाज कब्जा गरेको स्विकार गरेका छन् । तर, उनीह...








