जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार र कुशासन हो: गगन थापा
५ पुस, जनकपुर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार, कुशासनको कारणले जनता आजित भएको बताएका छन् ।
‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’, उनले भने, ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नुपर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् ।’
खेती गर्नेले बजार भाउ नपाउने, समयमा मल नपाउने, व्यवसायीले सटरको भाडा तिर्न मुश्किल पर्ने र ऋणीले ब्याज तिर्न नसक्ने र साहुले दिएको ऋण फिर्ता नआउने जस्ता समस्या देखिएको भन्दै थापाले सोधे, ‘यसको जिम्मा कसले लिने ?’
राजनीतिक दलहरूले जनताका यस्ता समस्यामाथि ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ ।
उनले एमालेले केपी ओली नभएसम्म देश नबन्ने, रास्वपाले २०८४ पछि देशको फोहोर सफा गर्नुपर्छ भन्ने र मधेश केन्द्रित दलले मधेशको नाममा ‘हम लुटेंगे देशको’ भाव सिर्जना गरिरहेको थापाले टिप्पणी गरे ।
नेता था...








