प्रमुख समाचार

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

खेलकुद, प्रमुख समाचार, समाचार
१३ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ । त्यसक्रममा उनको सजाय निर्णारण सहित पीडितको क्षतिपूर्ति पनि अदालतले तोक्नेछ । घटना भएका बेलामा पीडित गौशाला २६ नाबालिग भने नरहेको फैसला अदालतले गरेको छ ।तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ । तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो&nb...
राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न सातै प्रदेशको मुख्यमन्त्रीको आग्रह

राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न सातै प्रदेशको मुख्यमन्त्रीको आग्रह

प्रदेश, प्रमुख समाचार, राजनीति, समाचार
१३ पौष, हेटौंडा - हेटौँडामा बसेको सातै प्रदेशको मुख्यमन्त्रीको बैठकले गत असार १५-१६ मा पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा २०८० असार १६ गते पोखरामा बसेको परिषद्को पहिलो बैठकबाट नेपालको संविधानको कार्यान्वयन प्रभावकारिता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा नागरिकमा प्रवाह हुने सेवा एवम् विकासमा शीघ्रता एवं प्रभावकारिता ल्याउने लगायत निर्णय गरेको थियो । यस्तै, बैठकले गत असार १५ गते पोखरामै बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले पारित गरी प्रधानमन्त्रीसमक्ष पेस गरिएको १७ बुँदे साझापत्र कार्यान्वयनको अवस्था पनि कमजोर रहेको अनुभूति गर्दै शीघ्र कार्यान्वयनका लागि पुनः अनुरोध गर्ने, प्रदेश तथा स्थानीय तहमा जाने समानीकरण अनुदानको रकम वृद्धि गर्न आवश्यक कानुनी व्यवस्था मिला...
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु

प्रमुख समाचार, समाचार
१३ पौष, काठमाण्डौं  - बालकुमारीमा भएको झडपमा दुईजनाको मृत्यु भएको छ।  किस्ट अस्पतालमा उपचाररत दैलेखको महाबु गाउँपालिका– ६ का सुदन राउत र पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको हो ।  राउतको छातीमा चोट लागेर र शाहको गोली लागेर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।  घटनामा १० जना सामान्य घाइते छन्। प्रहरीले  ६६ जनालाई नियन्त्रणमा लिएको छ।  शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत प्रदर्शनकारीले जलाएका थिए । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी...
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन

प्रमुख समाचार, समाचार
१३ पौष, काठमाण्डौं  - कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि चक्रपथमा प्रदर्शन गरेका छन् । । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई  उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित ईपीएस कार्यालय अगाडी  सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ मा प्रदर्शनकारीले आगजनी गरेका छन् ।...
प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती

प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती

प्रमुख समाचार, समाचार
१२ पुष, काठमाण्डौं  - बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेको जनकारी दिईन । सो सर्वेक्षण स्वीकृत भएपछि कार्यालयमा कार्यरत ६८ वटा कर्मचारी दरबन्दी कटौती हुने सरकारका प्रवक्ता शर्माले बताईन ।  उनका अनुसार अब त्यसरी कटौती भएको दरबन्दीमा कार्यरत कर्मचारीहरूको अर्को ठाउँमा सरुवा हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि आफूले कार्यभार सम्हालेको वर्ष दिन पुगेको सन्दर्भमा आफ्नै मन्त्रालयको पुनःसंरचना गरेर नयाँ वर्षमा कामको थालनी गर्ने घोषणा गरेका थिए । त्यही घोषणाबमोजिम कार्यालयको कर्मचारी व्यवस्थापन नयाँ ढंगले अघि बढेको मन...
कांग्रेस सत्तामा भए पनि ‘के हो उपलब्धि’

कांग्रेस सत्तामा भए पनि ‘के हो उपलब्धि’

प्रमुख समाचार, राजनीति, समाचार
१२ पुष, काठमाण्डौं - सत्तारूढ दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गुटको हितमा मात्रै काम गरेको धारण ब्यक्त गरेका छन् । यस सँगै गुटका लागि काम गर्ने मन्त्रीहरूको ‘अपजस’को भारी आफूहरूले नबोक्ने उनीहरूको भनाइ छ । बैठकको पहिलो दिन बिहीबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने भनिएको थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू हिँडेका थिए । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारमा 'कांग्रेस छ र ?' भन्ने आशयबाट धारणा राखेका थिए । उनीहरूले कांग्रेस सत्तामा भए पनि 'के हो उपलब्धि' भन्दै प्रश्न गरे ।  उनीहरूले देशमा भ्रष्टचार बढेको, सुशासन सकिएर दण्डहीनता मौलाएको, ...
टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको सार्वजनिक लेखा समितिको ठहर

टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको सार्वजनिक लेखा समितिको ठहर

प्रमुख समाचार, समाचार
११ पौष, काठमाण्डौं - प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको ठहर गरेको छ । दूरसञ्चार क्षेत्रमा हुने गैरकानूनी गतिविधि र राजस्वको असली विवरण पत्ता लगाउन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गरी लागू गर्न खोजेको थियो ।  बुधबार बसेको समितिको बैठकले प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । समितिमा लामो छलफल र अनुसन्धानपछि बुधबार सिंहदरबारमा बसेको समितिको बैठकको निष्कर्ष सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले भने, 'टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्ध...
देशकतिबन्योभन्नेहोइन, कतिबन्नसक्थ्योभन्नेआत्मसमीक्षामाछु: प्रधानमन्त्री

देशकतिबन्योभन्नेहोइन, कतिबन्नसक्थ्योभन्नेआत्मसमीक्षामाछु: प्रधानमन्त्री

प्रमुख समाचार, राजनीति, समाचार
१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै सरकार असफल नभएको दाबी गरेका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा “आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटी अनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु,” प्रधानमन्त्रीले भने, “देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ ।”...
प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्दैछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्दैछु : प्रधानमन्त्री दाहाल

प्रमुख समाचार, समाचार
१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यसै साता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले भने, 'यसै साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ ।' कस्तो संरचनात्मक परिवर्तन गर्न लागेको हो भन्ने कुरा उल्लेख भने उनले गरेनन् । ...
रुसी सेनामा भर्ना हुन पुगेका करिब एक सय जना नेपाली हराइरहेको भन्ने उजुरी परेको परराष्ट्र मन्त्री को भनाई

रुसी सेनामा भर्ना हुन पुगेका करिब एक सय जना नेपाली हराइरहेको भन्ने उजुरी परेको परराष्ट्र मन्त्री को भनाई

प्रमुख समाचार, समाचार
१० पौष, काठमाण्डौं - परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको भन्ने उजुरी परेको बताएका छन्।  ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले रासससँगको कुराकानीमा भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’ रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । 'करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किन भने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ&...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"