प्रमुख समाचार

जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार र कुशासन हो: गगन थापा

जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार र कुशासन हो: गगन थापा

प्रमुख समाचार, मधेश प्रदेश, राजनीति, समाचार
५ पुस, जनकपुर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार, कुशासनको कारणले जनता आजित भएको बताएका छन् । ‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’, उनले भने, ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नुपर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् ।’ खेती गर्नेले बजार भाउ नपाउने, समयमा मल नपाउने, व्यवसायीले सटरको भाडा तिर्न मुश्किल पर्ने र ऋणीले ब्याज तिर्न नसक्ने र साहुले दिएको ऋण फिर्ता नआउने जस्ता समस्या देखिएको भन्दै थापाले सोधे, ‘यसको जिम्मा कसले लिने ?’ राजनीतिक दलहरूले जनताका यस्ता समस्यामाथि ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ । उनले एमालेले केपी ओली नभएसम्म देश नबन्ने, रास्वपाले २०८४ पछि देशको फोहोर सफा गर्नुपर्छ भन्ने र मधेश केन्द्रित दलले मधेशको नाममा ‘हम लुटेंगे देशको’ भाव सिर्जना गरिरहेको थापाले टिप्पणी गरे । नेता था...
संघीय संसद्‌को महासचिवमा सिफारिस भएका ब्यक्तिलाई राष्ट्रपतिले नियुक्त नगरेकोमा नेकपा एमालेको आपत्ति

संघीय संसद्‌को महासचिवमा सिफारिस भएका ब्यक्तिलाई राष्ट्रपतिले नियुक्त नगरेकोमा नेकपा एमालेको आपत्ति

प्रमुख समाचार, राजनीति, समाचार
४ पुस, काठमाण्डौं - संघीय संसद्‌को महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त नगरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई मंसिर २५ मा सिफारिस गरे पनि राष्ट्रपति पौडेलले अध्ययन गर्ने भन्दै रोकेका छन् । एमालेको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपतिले पाण्डेलाई नियुक्त नगरेकोमा आपत्ति जनाएको हो । 'सभामुख र अध्यक्षले सिफारिस गरेका संसद्‌का महासचिव पाण्डेलाई नियुक्त नगरी राष्ट्रपतिमा राजनीतिक स्वार्थ देखियो,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘यसबाट राष्ट्रपतिको भूमिका खुलेआम कांग्रेस पार्टीका नेताको जस्तो देखियो ।’ एमालले संविधानअनुसार संसदको महासचिव सिफारिस गर्ने प्रावधान भए पनि राष्ट्रपतिले राक्नु खेदजनक भएको जनाएको छ । ‘संसद् महासचि...
वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य: डा. शेखर कोइराला

वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य: डा. शेखर कोइराला

प्रमुख समाचार, राजनीति, समाचार
४ पुस, विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरूको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एक वर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन्। बुधबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले जनतालाई आशा जगाउन वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य रहेको पनि बताए।  उनले सरकार संचालनका कारण जनतामा वितृष्णा बढेकाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र जनतामा आशा जगाउन सकिने बताए। कोइरालाले एनसेल प्रकरणले राजनीतिक दलका नेताहरू, कर्मचारी र व्यापारीहरूको नेक्सस र्सार्वजनिक गरेको बताए। उनले नेपालमा भइरहेका ठूल्ठूला भ्रष्टाचारमा नेता, कर्मचारी र व्यापारीको मिलोमतो हुने गरेको जिकिर गरे।...
रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

प्रमुख समाचार, समाचार
४ पुस, काठमाण्डौं - रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नागलको मृत्यु भएको उल्लेख गरेको हो । योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । यसअघि मन्त्रालयले ६ जनाको मृत्यु भएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार नागलको राहदानी नम्बर ०९४७३६३२ रहेको छ ।...
एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरीद-बिक्री दस्तावेज

एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरीद-बिक्री दस्तावेज

प्रमुख समाचार, समाचार
४ पुस, काठमाण्डौं - एनसेल आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्तावेज नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ ।  एनसेलले बुधवार खरिद बिक्रीसम्बन्धी कागजात प्राधिकरणलाई बुझाएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । ‘कागजात प्राप्त भएको छ, त्यसमा के छ भन्नेबारे अब प्राधिकरणले अध्ययन गर्छ,’ उनले भने । प्राधिकरणले मंसिर १४ मा खरिद–बिक्रीबारे वास्तविकता बुझ्न एनसेललाई पत्र पठाएको थियो । एनसेलले कागजपत्र संकलन हुनासाथ उपलब्ध गराउने भन्दै जवाफीपत्र पठाए पनि तीन सातासम्म कुनै दस्ताबेज बुझाएको थिएन । दस्तावेज प्राप्त नभएकोबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बताएकी थिइन् । एनसेल प्रकरणबारे अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन समितिसँग...
समय सीमाभित्रै काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण गर्न नेपाली सेनालाई राज्यव्यवस्था तथा सुशासन समिति को निर्देशन

समय सीमाभित्रै काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण गर्न नेपाली सेनालाई राज्यव्यवस्था तथा सुशासन समिति को निर्देशन

प्रमुख समाचार, समाचार
४ पुस, काठमाण्डौं - प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण समय सीमाभित्रै सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारमा बधुबार बसेको समिति बैठकले समयसीमाभित्रै काठमाडौं-तराई द्रुतमार्ग निर्माणको सबै काम (शून्य बिन्दुदेखि निजगढसम्म) सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार फास्ट ट्र्याकका विषयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसहितको बैठक छिट्टै डाँकेर छलफल गरिने निर्णय भएको छ । द्रुतमार्ग निमार्णका सन्दर्भमा सेनाबाट अनुरोध भएबमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउन पर्...
सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियूक्त

सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियूक्त

प्रमुख समाचार, समाचार
४ पुस, काठमाण्डौं - न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । नियूक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।...
लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकोले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिकको व्यवस्था: देउवा

लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकोले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिकको व्यवस्था: देउवा

प्रमुख समाचार, राजनीति, समाचार
३ पुस, पोखरा - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकोले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिकको व्यवस्था राखिएको बताएका छन् । पोखरामा मंगलबार कांग्रेसको पहिलो गण्डकी प्रदेश सम्मेलनमा केन्द्रीय नेताले नै समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएपछि देउवाले त्यसको खण्डन गरेका हुन् । ‘हाम्रो पार्टीको लागि सिद्धान्त र आदर्श महत्त्वपूर्ण कुरा हुन् । हाम्रो आदर्श र सिद्धान्त मानेर सबै पार्टी आएका छन् । त्यस मानेमा हाम्रो पार्टीको जित भएको मान्नुपर्छ,’ उनले भने, ‘मल्टीपार्टी डेमोक्रेसी हाम्रो पार्टीको सिद्धान्त र आदर्श हो । त्यसलाई अझै पूर्ण रुपमा सफल बनाउन समावेशी, समानुपातिक पनि राखिएको छ । यो सबैको देश हो । महिला, दलित, जनजाति, अपांग, सबैलाई एकसाथ लैजानुपर्छ ।’ यस्तो अवस्थामा ...
राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा आन्दोलन गर्ने

राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा आन्दोलन गर्ने

प्रमुख समाचार, राजनीति, समाचार
३ पुस, काठमाण्डौं - राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा जनदवाव सिर्जना गर्न आन्दोलन गर्ने भएको छ ।  मंगलवार सम्पन्न तीन दिनसम्म काठमाडौंमा चलेको केन्द्रीय कार्यमितिको बैठकले आन्दोलनमा उत्रिने निर्णय गरेको हो । राप्रपाले विभिन्न जनजिविकाका मुद्दाका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि आन्दोलन गर्ने बताएको छ । आन्दोलनको तयारीका लागि पुष र माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु हुनेछन् । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ । आन्दोलनका लागि पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ । सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्...
सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

प्रमुख समाचार, समाचार
३ पुस, काठमाण्डौं - सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग शेयर खरिदबिक्रीबारे लिखित जवाफ माग गरेको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च्ले कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले एनसेलको शेयर खरिदबिक्री रोक्ने विषयमा अन्तरिम आदेश दिने/नदिने निर्णयका लागि छलफल गर्न यही पुस १६ गतेको पेसी तोकेको छ । सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको दाबी गर्दै त्यसलाई रोकेर राज्यलाई आउने राजस्व असुल गर्नुपर्ने, कारोबारीलाई कानुनी दायरामा ल्याउनुपर्ने र अहिले भएको कारोबारमा रोक लगाउन माग गरेका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"