प्रमुख समाचार

जापान एयरलाइन्सको विमान अवतरणका क्रममा रनवेमै विमानसँग ठोक्किएपछि आगलागी

जापान एयरलाइन्सको विमान अवतरणका क्रममा रनवेमै विमानसँग ठोक्किएपछि आगलागी

अन्तर्राष्ट्रिय, प्रमुख समाचार
१७ पौष, काठमाण्डौं  - जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा स्थानीय समय अनुसार साँझ ६ बजे आगलागी भएको छ । एयरलाइनले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ । जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको समाचार एजेन्सी एनएचकेले बताएको छ । फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ । एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ । एनएचकेले दिएको जानकारी अनुसार उडान नम्बर ५१६ को जापान एयरलाइन्सको विमान होक्काइडोको...
नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी रहेको छैन: केपी शर्मा ओली

नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी रहेको छैन: केपी शर्मा ओली

प्रमुख समाचार, राजनीति, समाचार
१६ पौष, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् । मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाण्डौंमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको पनि बताएका छन् । ‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्‍यो। तथ्य यही हो कि देश बचाउने राजाले होइन, जनताले हो ।’ कहिलेकाहीँ आफूहरू (देउवा, दाहालसमेत) भेट हुँदा यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् कि क्या हो भनेर विरो...
लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको छैन: पुष्पकमल दाहाल

लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको छैन: पुष्पकमल दाहाल

प्रमुख समाचार, समाचार
१६ पौष, काठमाण्डौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संसारमा मानव जातिले लोकतान्त्रिक  गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको दाबी गरेका छन् । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले गणतन्त्रका पक्षधर दलहरूले जनतालाई गणतन्त्रको महत्व अनुभूति गराउन नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ । यो कुरालाई हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौँ कि भन्ने लागिरहेको छ ।’ उनले गण...
सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच चारबुँदे सहति

सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच चारबुँदे सहति

प्रमुख समाचार, समाचार
१६ पौष, काठमाण्डौं - सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको सहमतिमा मृतकका परिवारका १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ । त्यस्तै मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने उल्लेख छ । सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकका परिवारले सोमबारै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिमा उल्लेख छ । सरकारको तर्फबाट गृहमन्त्रालयमा उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट शाहका बुवा टेकबहादुर शाह र राउतका मा...
मिसन-८४ होइन, मिसन रोजगारी, मिसन शिक्षा र मिसन स्वास्थ्य चलाउनुपर्छ: गगन थापा

मिसन-८४ होइन, मिसन रोजगारी, मिसन शिक्षा र मिसन स्वास्थ्य चलाउनुपर्छ: गगन थापा

प्रमुख समाचार, राजनीति, समाचार
१५ पौष, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । कांग्रेसले तत्काल देखिने गरी काम गर्नुपर्ने र त्यसका आधारमा जनतासामु जानुपर्नेमा उनले जोड दिए । शनिबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले भने, 'अरुले मिसन-८४ चलाउँछन् त्यो उनीहरुको कुरा भयो । तर कांग्रेसले अहिले मिसन-८४ होइन, मिसन रोजगारी, मिसन शिक्षा र मिसन स्वास्थ्य चलाउनुपर्छ । कांग्रेस जनताको जीवनप्रति जिम्मेवार हुनुपर्छ ।' वर्तमान सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भएको उल्लेख गर्दै उनले कांग्रेसका मन्त्रीले गरेका सकारात्मक कामको सूची पनि मागेका छन् । “सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भयो । कांग्रेसका प्रत्येक मन्त्रीले आठ महिनामा गरेको यस्तो आठवटा कामको सूची दिनुस्, जसको कारणले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हु...
गृह मन्त्रालयले  गर्यो  ललितपुरका डिएसपी र मन्त्रीका पिएसओ लाई निलम्बन, सिडिओ र एसएसपी हटाइए

गृह मन्त्रालयले  गर्यो  ललितपुरका डिएसपी र मन्त्रीका पिएसओ लाई निलम्बन, सिडिओ र एसएसपी हटाइए

प्रमुख समाचार, समाचार
१४ पौष, काठमाण्डौं -  गृह मन्त्रालयले प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत लाई निलम्बन गरेको छ । छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन भन्दै मन्त्रालयले इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई समेत निलम्बन गरेको छ। साथै, ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ।...
बालकुमारीघटनामाज्यानगुमाउनेकापरिवारलाई १० लाखराहतदिने सरकारको निर्णय

बालकुमारीघटनामाज्यानगुमाउनेकापरिवारलाई १० लाखराहतदिने सरकारको निर्णय

प्रमुख समाचार, समाचार
१४ पौष, काठमाण्डौं - सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। साथै, घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण खर्च नेपाल सरकारले नै व्यहोर्ने भएको छ। ‘मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, उक्त घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने,’ मन्त्रिपरिषद्को निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय बैठकबाट गरिएको छ । आउँदा दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक...
प्रचण्ड ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याइदिने गगनको चेतावनी

प्रचण्ड ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याइदिने गगनको चेतावनी

प्रमुख समाचार, राजनीति, समाचार
१४ पौष, भक्तपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याइदिने चेतावनी दिएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डलाई कांग्रेसले नै प्रधानमन्त्री बनाएको र कांग्रेसले नै फेरि त्यहाँबाट हटाउन सक्ने बताएका हुन्। “प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि, प्रचण्डले राम्रो काम गर्न सक्नु भएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने,” उनले भने, “बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ ।” उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे । बालकुमारीमा शुक्रबार भएको घटनाप्रति उनले दुःख व्यक्त गरे । “अहिले नेपाली कांग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर...
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

खेलकुद, प्रमुख समाचार, समाचार
१३ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ । त्यसक्रममा उनको सजाय निर्णारण सहित पीडितको क्षतिपूर्ति पनि अदालतले तोक्नेछ । घटना भएका बेलामा पीडित गौशाला २६ नाबालिग भने नरहेको फैसला अदालतले गरेको छ ।तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ । तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो&nb...
राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न सातै प्रदेशको मुख्यमन्त्रीको आग्रह

राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न सातै प्रदेशको मुख्यमन्त्रीको आग्रह

प्रदेश, प्रमुख समाचार, राजनीति, समाचार
१३ पौष, हेटौंडा - हेटौँडामा बसेको सातै प्रदेशको मुख्यमन्त्रीको बैठकले गत असार १५-१६ मा पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा २०८० असार १६ गते पोखरामा बसेको परिषद्को पहिलो बैठकबाट नेपालको संविधानको कार्यान्वयन प्रभावकारिता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा नागरिकमा प्रवाह हुने सेवा एवम् विकासमा शीघ्रता एवं प्रभावकारिता ल्याउने लगायत निर्णय गरेको थियो । यस्तै, बैठकले गत असार १५ गते पोखरामै बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले पारित गरी प्रधानमन्त्रीसमक्ष पेस गरिएको १७ बुँदे साझापत्र कार्यान्वयनको अवस्था पनि कमजोर रहेको अनुभूति गर्दै शीघ्र कार्यान्वयनका लागि पुनः अनुरोध गर्ने, प्रदेश तथा स्थानीय तहमा जाने समानीकरण अनुदानको रकम वृद्धि गर्न आवश्यक कानुनी व्यवस्था मिला...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"