Breaking News 2

एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं/ मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषोतम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल लगायतलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गराएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अर्का तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल र वरिष्ठ निर्देशक आनन्दराज खनालसहितका २० जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता भएको बताए । ईमेज खबरबाट...
मकवानपुरगढी ७ मा एम्बुलेन्स दुर्घटना हुदा चालक गम्भिर घाईते

मकवानपुरगढी ७ मा एम्बुलेन्स दुर्घटना हुदा चालक गम्भिर घाईते

Breaking News 2, समाचार
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरा नर्सिङ डाँडामा एम्बुलेन्स दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एम्बुलेन्स चालक पेम्बा रत्न तितुङ गम्भिर घाईते भएका छन् । नर्सिङ डाँडाबाट स्वास्थ्य चौकीको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको ७ नम्बर वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिए । गम्भिर घाईते भएका तितुङको हेटौंडा सहकारी अस्पतालमा उपचार भई रहेको बताईएको छ ।...
मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाको स्थापना दिवस

मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाको स्थापना दिवस

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ मुख्य न्यायाधिवक्ता कार्यालय बागमती प्रदेश हेटौंडाकोे स्थापना समारोह हेटौंडामा भएको छ । सोमबार कार्यालयले ७ औँ स्थापना दिवस मनाएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता र मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाका प्रमुख ज्ञानेन्द्र नेपालको सभा अध्यक्षतामा स्थापना दिवस समारोह भएको थियो । प्रमुख अतिथि घलानले बागमती प्रदेशमा निर्माण भएका निति नियमलाई कार्यान्वयन गर्न न्यायधिवक्ता जिम्मेवार हुनुपर्ने र  उक्त कार्यालयले दिनु पर्ने सेवा सुविधाहरु परिस्कृत हुदै जानु पर्ने बताएका थिए । कार्यक्रममा कानुन अधिकृत लगाएतका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।...
“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडियो सहित सार्वजानिक (भिडियो सहित)

“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडियो सहित सार्वजानिक (भिडियो सहित)

Breaking News 2, प्रमुख समाचार, मनोरञ्जन
 अञ्जना न्यासुर तामाङ हेटौंडा । लाबा मिडिया प्रालीको ब्यानरमा बनेको  “आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी गीतको भिडियो सहित आइताबार सार्वजनिक भएको छ । गीतमा शुभराज भोम्जनको शब्द संगीत रहनुका साथै गायक प्रकाश तितुङ तामाङ र गायिका जीतु लोप्चनको स्वर रहेको छ । लाबा मिडियाको आधिकारीक युट्युब च्यानल लाबा मिडिया मार्फत आइताबार दिउसो सार्वजनिक गरिएको हो । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छाँयांकन गरिएको भिडीओमा नवोदित कलाकारद्धय पासाङ शेर्पा र एञ्जिला शेर्पाले अभिनय गरेका छन् । जोगलाल लामाले एरेञ्ज गरेको गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका छन् । त्यसैगरी भिडीओलाई शुभराज भोम्जन स्वयमले निर्देशन गर्नुका साथै इजोक मगरले छाँयांकन तथा सम्पादन गरेका छन् । त्यसैगरी भिडीओको कोरियाग्राफी देब दोर्जे लामाले गर्नुका साथै साहयक निर्देशकको रुपमा ठिलेन शेर्पाले काम गरेका छन् । हाल सम्म लाबा मिडियोका ब्यानरमा...
मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. सिलवाल

मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. सिलवाल

Breaking News 2, बागमती प्रदेश, शिक्षा, समाचार
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख पदमा डा .यम सिलवाल नियुक्त भएको छ । क्याम्पस सञ्चालक समितिले शनिबार क्याम्पसको प्रमुख पदमा डा. सिलवाललाई नियुक्त गरेको हो । यस अघि क्याम्पसको प्रमुख पदको जिम्मेवारी डा. शंखर प्रसाद उपाध्ययले सम्हाल्दै आएका थिए ।
गायक तथा संगीतकार प्रकास तितुङको “छायाँ” बोलको आधुनिक गीत सार्वजानिक

गायक तथा संगीतकार प्रकास तितुङको “छायाँ” बोलको आधुनिक गीत सार्वजानिक

Breaking News 2, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन  हेटौंडा । गायक तथा संगीतकार प्रकास तितुङ तामाङको शब्द संगीत र स्वरमा तयार भएको छायाँ बोलको एकल आधुनिक गीत भिडिओ सहितसहित सार्वजानिक भएको छ । गीतको भिडीयो गायक तितुङको अफिसियल युट्युब च्यानल प्रकास तितुङ तामाङ मार्फत सुक्रबार सार्वजानिक गरिएको हो । छायाँ बोलको गीतको अडियो पार्टमा आगा लामाले एरेञ्ज गरेका छन् भने रेशम गदालले मिक्सीङ गरेका छन् । त्यसैगरी गीतको भिडिओ सहित पार्टमा प्रकास तितुङ तामाङ र लक्ष्मी पुर्जाले अभिनय गरेका छन् भने अजित जनक क्षेत्रीले भिडीयो खिच्नुका साथै सुर्य लामाले इडिट गरेका छन् । प्रकास तितुङ तामाङ स्वयमले निर्देशन गर्नुका साथै भिडिओ सहित जापानको बिभिन्न स्थानहरुमा छायांकन गरिएको छ । प्रकास तितुङ तामाङ विगत डेढ दशकदेखि निरन्तर रुपमा गीत संगीतमा सकृय हुदै आइरहेका छन् । तितुङको शब्द संगीत र स्वरमा तयार भएको दर्जनौ गीतहरुले धरै चर्चा कमाइसकेका छन् । भिडिओ...
एसईई को सम्पूर्ण तयारी पूरा, यसवर्ष ५ लाख परीक्षार्थी, जापानमा पनि एउटा परीक्षा केन्द्र

एसईई को सम्पूर्ण तयारी पूरा, यसवर्ष ५ लाख परीक्षार्थी, जापानमा पनि एउटा परीक्षा केन्द्र

Breaking News 2, मुख्य समाचार, शिक्षा
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई )को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र तोकिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले बताए । परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उनले बताए । पौडेलले परीक्षाका...
‘साहारा किस्ताबन्दी कार्यक्रम’को नाममा करोडौं रकम उठाएर सञ्चालक श्रीमान श्रमती फरार

‘साहारा किस्ताबन्दी कार्यक्रम’को नाममा करोडौं रकम उठाएर सञ्चालक श्रीमान श्रमती फरार

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा । नागरिकको बचत रकमको नियमन गर्ने जिम्मेवारी बोकेको हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि विना दर्ता सञ्चालित एक संस्थामा बचतकर्ताको एक करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ । हेटौंडा २, स्थित उपमहानगरपालिका कार्यालय नजिकै सन्चालित ‘साहारा किस्ताबन्दी कार्यक्रम’मा सञ्चालक दम्पती सम्पर्कविहीन भएपछि बचतकर्ताको रकम जोखिममा परेको हो । साहाराको सञ्चालक हेटौंडा ८, कमाने घर भएका सरोज थापा र बिनिता पौडेल हुन् । उनीहरु श्रीमान श्रीमती हुन् । उनीहरुले २०५८ सालदेखि नगरपालिका रोडमा साइन बोर्डविना साहारा किस्ताबन्दी कार्यक्रम सन्चालन गरेका थिए । तर, २०८० सालमा आएर साहाराले नाम अनुसारको काम नगरेपछि ६ सय बचतकर्ता र त्यहाँ कार्यरत पाँच जना कर्मचारी तनावमा छन् । कार्यालय गत आइतबारदेखि बन्द छ । कार्यालय अगाडि दैनिक दर्जनौंको संख्यामा बचतकर्ताहरुको भीड लाग्ने गरेको छ । हेटौंडा उपमहानगरपालिका क...
स्वर्गिय सुवासचन्द्र नेम्बाङको क्षेत्र इलाम २ मा उपनिर्वाचनका लागि २० दल दर्ता

स्वर्गिय सुवासचन्द्र नेम्बाङको क्षेत्र इलाम २ मा उपनिर्वाचनका लागि २० दल दर्ता

Breaking News 2, प्रदेश १, प्रमुख समाचार, राजनीति
काठमाडौँ । एमाले नेता एवम् पूर्व सभामुख स्वर्गिय सुवासचन्द्र नेम्बाङको क्षेत्र इलाम २ मा २० वटा दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । उक्त क्षेत्रमा आगामी बैशाख १५ गते उपनिर्वाचन हुदै छ । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मका लागि दर्ताको समय दिएको थियो। यस्तै निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।  ...
भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी नेता महरालाई काठमाडौँ ल्याइँदै

भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी नेता महरालाई काठमाडौँ ल्याइँदै

Breaking News 2, अपराध/ अनुसन्धान, मुख्य समाचार
काठमाडौँ । रुपन्देहीको भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याउन लागिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको जानकारी दिएका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"