हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउदोसोमबार १९ गते विश्वासको मत लिदै छन्।
माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख रत्नप्रसाद ढकालले प्रदेश सभामा शुक्रवार विश्वासको मतको प्रस्ताव दर्ता गराएको हो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम २ मा हुने उपनिर्वाचनमा सञ्चारकर्मी मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेदवारी चयन गरिएको रास्वपा सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, र डा।शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो । आज पार्टी कार्यालय वनस्थलीमा सहमहामन्त्री बुर्लाकोटीले राखेको छलफलमा उनीहरुले लिम्बुलाई समर्थन गरेका थिए । रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान भएपनि इलाम—२ मा विधि अनुसार पार्टी सदस्य नपुगेपछि सहमति खोजिएको बुर्लाकोटीले बताए ।
...
काठमाडौं/ मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषोतम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल लगायतलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गराएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अर्का तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल र वरिष्ठ निर्देशक आनन्दराज खनालसहितका २० जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता भएको बताए ।
ईमेज खबरबाट...
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरा नर्सिङ डाँडामा एम्बुलेन्स दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा परी एम्बुलेन्स चालक पेम्बा रत्न तितुङ गम्भिर घाईते भएका छन् । नर्सिङ डाँडाबाट स्वास्थ्य चौकीको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको ७ नम्बर वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिए । गम्भिर घाईते भएका तितुङको हेटौंडा सहकारी अस्पतालमा उपचार भई रहेको बताईएको छ ।...
हेटौंडा/ मुख्य न्यायाधिवक्ता कार्यालय बागमती प्रदेश हेटौंडाकोे स्थापना समारोह हेटौंडामा भएको छ । सोमबार कार्यालयले ७ औँ स्थापना दिवस मनाएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता र मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाका प्रमुख ज्ञानेन्द्र नेपालको सभा अध्यक्षतामा स्थापना दिवस समारोह भएको थियो ।
प्रमुख अतिथि घलानले बागमती प्रदेशमा निर्माण भएका निति नियमलाई कार्यान्वयन गर्न न्यायधिवक्ता जिम्मेवार हुनुपर्ने र उक्त कार्यालयले दिनु पर्ने सेवा सुविधाहरु परिस्कृत हुदै जानु पर्ने बताएका थिए । कार्यक्रममा कानुन अधिकृत लगाएतका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।...
अञ्जना न्यासुर तामाङ
हेटौंडा । लाबा मिडिया प्रालीको ब्यानरमा बनेको “आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी गीतको भिडियो सहित आइताबार सार्वजनिक भएको छ । गीतमा शुभराज भोम्जनको शब्द संगीत रहनुका साथै गायक प्रकाश तितुङ तामाङ र गायिका जीतु लोप्चनको स्वर रहेको छ ।
लाबा मिडियाको आधिकारीक युट्युब च्यानल लाबा मिडिया मार्फत आइताबार दिउसो सार्वजनिक गरिएको हो । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छाँयांकन गरिएको भिडीओमा नवोदित कलाकारद्धय पासाङ शेर्पा र एञ्जिला शेर्पाले अभिनय गरेका छन् । जोगलाल लामाले एरेञ्ज गरेको गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।
त्यसैगरी भिडीओलाई शुभराज भोम्जन स्वयमले निर्देशन गर्नुका साथै इजोक मगरले छाँयांकन तथा सम्पादन गरेका छन् । त्यसैगरी भिडीओको कोरियाग्राफी देब दोर्जे लामाले गर्नुका साथै साहयक निर्देशकको रुपमा ठिलेन शेर्पाले काम गरेका छन् । हाल सम्म लाबा मिडियोका ब्यानरमा...
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख पदमा डा .यम सिलवाल नियुक्त भएको छ ।
क्याम्पस सञ्चालक समितिले शनिबार क्याम्पसको प्रमुख पदमा डा. सिलवाललाई नियुक्त गरेको हो । यस अघि क्याम्पसको प्रमुख पदको जिम्मेवारी डा. शंखर प्रसाद उपाध्ययले सम्हाल्दै आएका थिए ।
शुभराज भोम्जन
हेटौंडा । गायक तथा संगीतकार प्रकास तितुङ तामाङको शब्द संगीत र स्वरमा तयार भएको छायाँ बोलको एकल आधुनिक गीत भिडिओ सहितसहित सार्वजानिक भएको छ ।
गीतको भिडीयो गायक तितुङको अफिसियल युट्युब च्यानल प्रकास तितुङ तामाङ मार्फत सुक्रबार सार्वजानिक गरिएको हो । छायाँ बोलको गीतको अडियो पार्टमा आगा लामाले एरेञ्ज गरेका छन् भने रेशम गदालले मिक्सीङ गरेका छन् । त्यसैगरी गीतको भिडिओ सहित पार्टमा प्रकास तितुङ तामाङ र लक्ष्मी पुर्जाले अभिनय गरेका छन् भने अजित जनक क्षेत्रीले भिडीयो खिच्नुका साथै सुर्य लामाले इडिट गरेका छन् ।
प्रकास तितुङ तामाङ स्वयमले निर्देशन गर्नुका साथै भिडिओ सहित जापानको बिभिन्न स्थानहरुमा छायांकन गरिएको छ । प्रकास तितुङ तामाङ विगत डेढ दशकदेखि निरन्तर रुपमा गीत संगीतमा सकृय हुदै आइरहेका छन् । तितुङको शब्द संगीत र स्वरमा तयार भएको दर्जनौ गीतहरुले धरै चर्चा कमाइसकेका छन् ।
भिडिओ...
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई )को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र तोकिएको छ ।
चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले बताए । परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उनले बताए ।
पौडेलले परीक्षाका...
हेटौंडा । नागरिकको बचत रकमको नियमन गर्ने जिम्मेवारी बोकेको हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि विना दर्ता सञ्चालित एक संस्थामा बचतकर्ताको एक करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ ।
हेटौंडा २, स्थित उपमहानगरपालिका कार्यालय नजिकै सन्चालित ‘साहारा किस्ताबन्दी कार्यक्रम’मा सञ्चालक दम्पती सम्पर्कविहीन भएपछि बचतकर्ताको रकम जोखिममा परेको हो । साहाराको सञ्चालक हेटौंडा ८, कमाने घर भएका सरोज थापा र बिनिता पौडेल हुन् । उनीहरु श्रीमान श्रीमती हुन् ।
उनीहरुले २०५८ सालदेखि नगरपालिका रोडमा साइन बोर्डविना साहारा किस्ताबन्दी कार्यक्रम सन्चालन गरेका थिए । तर, २०८० सालमा आएर साहाराले नाम अनुसारको काम नगरेपछि ६ सय बचतकर्ता र त्यहाँ कार्यरत पाँच जना कर्मचारी तनावमा छन् । कार्यालय गत आइतबारदेखि बन्द छ । कार्यालय अगाडि दैनिक दर्जनौंको संख्यामा बचतकर्ताहरुको भीड लाग्ने गरेको छ । हेटौंडा उपमहानगरपालिका क...