Day: ३ वर्ष अगाडि

‘अन्धविश्वासपूर्ण समाजले भक्तहरू मात्र उत्पादन गर्दछ’

‘अन्धविश्वासपूर्ण समाजले भक्तहरू मात्र उत्पादन गर्दछ’

समाचार
काठमाडौँ, आश्विन २० । दक्षिणतर्फबाट कुनै बाबा आयो भने आँखा चिम्लेर दौडिहाल्ने नेपाली संस्कृति बढ्दै गएको छ । त्यो दौडमा नेता, मन्त्री देखि लिएर अत्यधिक सर्वसाधारण पनि समावेश हुने गर्दछन् । ‘त्यस प्रकारका बाबाहरूको चटकी पाखण्डीपन बाहेक अरू केही नभएको’ बताउँछन् भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक । आश्विन २० गते शनिवार, नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका अभियन्ता नायकले ‘आफ्नो अरबौँ रुपैयाँको सम्पत्ति पुरस्कार घोषणा गरेको’ बताउँछन सोच नेपालका उत्तम निरौला । ‘साईबाबा, श्री रविशंकर, रामदेव लगायत कुनै बाबाले आफ्नो चटकी अथवा कुनै अलौकिक सत्ता प्रमाणित गरेमा त्यो पुरस्कार पाइने रहेछ । भारतको अतिवादी तत्त्वहरूबाट सुरक्षाको दृष्टिले अति संवेदनशील अवस्थालाई चिर्दै नेपाल आएका अभियन्ता नायक, अन्धविश्वास, कुरीति तथा जातीय विभेदका ...
‘अन्धविश्वासको विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’

‘अन्धविश्वासको विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’

समाचार
काठमाडौँ, आश्विन २० । 'अन्धविश्वासका विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले भने,- ‘त्यस प्रकारको सङ्घर्षमा लाग्दा उनले आफ्नो देशको नागरिकता समेत त्याग्नुपरेको थियो तर पनि अन्तमा जित, सत्य र न्यायको नै भयो ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता के.सी.ले ‘मानव जातीको ठुलो सङ्ख्या, अन्धविश्वासमा लागेको र त्यसको फाइदा केही टाठा बाठाले ग्रहण गरेको’ बताउँदै, – ‘वैज्ञानिक दृष्टिकोणको लागि निरन्तर लागिरहनुपर्ने’ भने । अन्धविश्वास कुरीति एवम् कुसंस्कारका विरुद्ध वैज्ञानिक र मानवतावादी चेतनाका पक्षमा क्रियाशील रहेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह  ‘वंश रत्न मानवतावादी सम्मान २०७८’, मानवतावादी राजनीतिक विश्लेषक श्याम श्रेष्ठ  ‘वंश रत्न मानवताव...
‘मञ्चभरि आसन ग्रहण गराउनु अन्धविश्वास हो’

‘मञ्चभरि आसन ग्रहण गराउनु अन्धविश्वास हो’

Breaking News 1, समाचार
काठमाडौँ, आश्विन २० । नेपालको प्रगतिशील समाजमा समेत मञ्चमा बस्नको लागि तछाड मछाड गर्ने संस्कृति व्याप्त छ । सामन्ती संस्कारबाट मुक्त हुन नसक्दा यस प्रकारको संस्कृतिले प्रश्रय पाइरहेको अवस्था हो । ‘त्यस प्रकारको संस्कृति अन्धविश्वास भएको’ दार्शनिक व्यक्तित्व तथा विश्लेषक श्याम श्रेष्ठले बताए–‘आसन ग्रहण गर्ने प्रचलनले मानिस–मानिस बिचमा विभेदको स्थिति सिर्जना गर्दछ ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्दै विश्लेषक श्रेष्ठले, ‘ठुला–ठुला कुरा गरेर मात्र वैज्ञानिक दृष्टिकोण निर्माण नहुने’ बताउँदै – ‘आफू तथा आफ्नो परिवार पनि व्रतबन्ध, काजक्रिया जस्ता अन्धविश्वासबाट मुक्त भएको’ बताए । ‘शासकहरू, पुरोहितहरू र राजनैतिक पार्टीहरूको गठबन्धनबाट नै नेपाली समाजमा अन्धविश्वासले प्रश्रय पाइरहेको’ बताउँदै विश्लेषक श्रेष्ठले, ‘वैज्ञानिक दृष्टिकोणक...
हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी, ९ जना नेपाली घाइते

हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी, ९ जना नेपाली घाइते

अन्तर्राष्ट्रिय
गाँजा, २० असोज । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बिचको स्थिति फेरि बिग्रिएको छ । हमासले शनिवार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन्। सर्वप्रथम इजरायलमा हजारौँ रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् । सो क्रममा द स्पेक्टेटर इन्डेक्स नामक मिडिया प्लेटफर्मले हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी गरेको छ। केही  हमास सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । हमासका लडाकुहरू  प्याराग्लाइडिङ प्रयोग गरेर सीमामा प्रवेश गरेको भिडियो बाहिर आएको छ । भिडियोमा गाँजा सहरमा भागदाैड देखिएको छ भने प्यालेस्टाइनी प्रहरीको बख्तरबन्द र केही गाडीसमेत लुटेर उनीहरू प्यालेस्टाइनतर्फ फर्केका भिडियोहरू सार्वजनिक भएका छन् । हजारौँ इजरायलीहरू गाँजाको क्षेत्रबाट भागाभाग भएको तथा हमासका हजारौँ लडाकुहरू प्यालेस्टाइनबाट इजरायली भूमि छिर्दै गरे...
भोलिदेखि सरकारले सस्तो पसल सञ्चालन गर्ने, चीनी ९७ रूपैया केजी

भोलिदेखि सरकारले सस्तो पसल सञ्चालन गर्ने, चीनी ९७ रूपैया केजी

अर्थ
काठमाडौँ, २० असोज । सरकारले भोली देखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरिमा ३५ स्थानमा बिक्री स्थल राखिने छ । जसअनुसार काठमाडौँ उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङमा सहुलियत पसल राखिने भएको छ। यसै गरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सचिवालय सदस्य मनहरी तिमल्सिनाले जानकारी दिएका छन् । सहुलिय...
एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

खेलकुद
  नयाँ दिल्ली, २० असोज । एसियाली खेलकुदमा भारतको उत्कृष्ट प्रदर्शन जारी राख्दै भारतले पहिलो पटक १०० पदक जितेको छ । आज बिहानसम्म भारतले एसियाली खेलकुदमा पदक सङ्ख्या १०० पुराएको छ । एसियाली खेलकुदको १४ औँ दिनको सुरुवात पनि भारतको लागि राम्रो रह्यो । भारतीय खेलाडीले पदक जितेका छन् । १३ औँ दिन भारतका लागि उत्कृष्ट रह्यो । साबिक विजेता जापानलाई हराउँदै भारतले ९ वर्षपछि हक्कीमा स्वर्ण पदक जितेको छ । हक्की टोलीले स्वर्ण जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टोलीलाई बधाई दिएका छन्  । यस पटक भारतले एसियाली खेलकुदमा कीर्तिमानी पदक जित्दै पदकको शतक बनाएको छ । यसअघि खेलकुदको १३ औँ दिनसम्म भारतीय खेलाडीले २२ स्वर्णसहित ९५ पदक जितेका थिए भने आज ५ पदक जितेर पदकको शतक पूरा गरेका छन् । हङझाउ एसियाली खेलकुदमा भारतीय खेलाडीले कीर्तिमान बनाउने क्रम जारी छ ।   ‘यस पटक सय पार गर्ने’ लक्ष्य लिएर चीन...
सिक्किम बाढीमा अहिलेसम्म ४१ को मृत्यु, अझै १०३ जना बेपत्ता

सिक्किम बाढीमा अहिलेसम्म ४१ को मृत्यु, अझै १०३ जना बेपत्ता

अन्तर्राष्ट्रिय
गान्तोक, २० असोज । सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ । करिब १२ सय घर डुबानमा परेका छन् । जबकि १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ । विपद्को तेस्रो दिन पनि भग्नावशेष र माटोमा फसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिरहेको अधिकारीहरूले बताएका छन्। यस प्राकृतिक प्रकोपमा करिब २५ हजार मानिस प्रभावित भएका छन् । इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा मुख्यमन्त्री पीएस तामाङलाई उद्धृत गर्दै सिक्किममा हालसम्म १९ शव फेला पारेको जनाएको छ । यसबाहेक उत्तर बङ्गालका तल्लो जिल्लाहरूमा २२ शव भेटिएको अधिकारीहरूले बताएका छन्। उनले २६ जना अस्पतालमा भर्ना रहेको र करिब १५०० जना राहत शिविरमा रहेको बताए । सिक्किममा आएको बाढीबाट भारतीय सेनाका जवान पनि प्रभावित भएका छन् । टिस्टा ब्यारेजको तल्लो भागमा बेपत्ता भएका १५ सैनिकको खोजी भइरहेको छ । ती मध्ये सातजनाकाे शव भर्खरै भेटिएक...
‘पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई ९० प्रतिशतले कम गर्न सकिन्छ’ 

‘पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई ९० प्रतिशतले कम गर्न सकिन्छ’ 

स्वास्थ्य
  काठमाडौँ, आश्विन २० । विश्वका ११७ वटा देशले  पाठेघरको मुखको क्यान्सरबाट जोगाउन त्यस विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा  सूचीबद्ध गरे पनि  नेपाल सरकारले यो कार्यक्रमलाई अहिले पनि ‘पाइलटिङ’ मै अल्झाएर राखेको छ ।  यसलाई अझ पनि  राष्ट्रिय खोप कार्यक्रममा  समेट्न नसक्दा  देशमा अहिले पनि प्रत्येक दिन ६ जना महिलाले पाठेघरकै मुखको क्यान्सरको कारण ज्यान गुमाउनु परिरहेको छ । आश्विन १९ गते होटेल हिमालयन, कुपण्डोलमा पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी)ले  सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्ने लक्ष्य र सार्वजनिक निजी साझेदारी मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको पर्वद्धन विषयक कार्यशाला गोष्ठीमा  वरिष्ठ क्यान्सर रोग विशेषज्ञ  डा.अरुण शाहीले  'क्यान्सर लाग्नै नदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा भएको' बताउँदै - 'क्यान्सर गराउने भाइरस विरुद्...
ओलीले भने, ‘सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो’

ओलीले भने, ‘सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो’

Breaking News 1, मनोरञ्जन
काठमाडौँ, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको सो हेरेर आफू प्रफुल्लित भएको बताएका छन् । हिजो साँझ काठमाडौँमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भए पछि आफूले सोचे झैँ भएको बताएका हुन् । ‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन्, ‘हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो, उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो ।’ सो कार्यक्रममा ओलीसहित पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सन्दुक रुइतलगायत शीर्ष नेताहरूको उपस्थित रहेको थियो । सो कार्यक्रम हेरेर फर्के पछि आज बिहान ओलीले लेखेका छन्, ‘मदनकृष्णको मुडसँगै महत्त्वपूर्ण भेटघाटको पनि अवसर जुर्‍यो, शुभ बिहानी ।’...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"