बकैया ८ मा सोनाम ल्होछार सम्पन्न
हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ बिरेफाँटमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मन्जुश्री सम्वत् २८६० सोनाम ल्होछार (डुक ल्हो ÷ ड्राइगन वर्ष) को अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलानको प्रमुख अतिथि र घेदुङ बकैया ८ नम्बर वडा इकाई समिति अध्यक्ष संजय कुमार लोप्चनको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहेको थियो । बकैया ८ नम्बर वडाका विद्यालयमा कक्षा ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री तथा सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
यसैै गरी कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश सदस्य ठुली माया मोक्तान ,नेपाल तामाङ घेदुङ बकैया गाउँपालिका अध्यक्ष लक्ष्मी लोप्चन जिम्बा, ८ नम्बर वडा अध्यक्ष बिष्णु नेग...

