Day: २ वर्ष अगाडि

सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने-गृहमन्त्री लामिछाने

सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने-गृहमन्त्री लामिछाने

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएको छ । गृहमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमती गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने शर्त समेत राखे । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानविनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला गृहमन्त्री लामिछानेले भने मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानविन गर्ने कुरा संसदीय मूल्य, मान्यता भित्र नपर्ने जिकिर समेत गरेका छन् । गृहमन्त्री लामिछानेले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानविन समिति बनाएर २०४७ साल यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गर्न तयार हुन पनि कांग्रेससँग प्रस्ताव गरे । उपप्रधानमन्त्री लामि...
नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत

नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत

Breaking News 1, कोशी प्रदेश, राजनीति, समाचार
विराटनगर / नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । तामाङ झापाको क्षेत्र नम्बर १ ९१० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ ९२०बाट निर्वाचित भुपेन्द्र राई थिए । उनले सो पद त्यागेपछि तामाङ मनोनीत भएका हुन् ।...
कैलालीमा दिदीबहिनी मृत भेटिए

कैलालीमा दिदीबहिनी मृत भेटिए

Breaking News 2, समाचार, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि
धनगढी / कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको ५ । अनलाईन खबर...
आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक

आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक

Breaking news 3, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा ट्वान्टी–२० विश्वकप आयोजना हुँदैछ । सो विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको हो । पाल क्रिकेट संघ (क्यान) ले सोमवार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उक्त जर्सी सार्वजनिक गरेको हो । मन्त्री श्रेष्ठले विश्वकप खेल्न नेपालको जर्सी सार्वजनिक गर्न पाउँदा खुसीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटले गर्दा समग्र खेलकुदमा नै उत्साह बढेको बताए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"