Day: २ वर्ष अगाडि

‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

Breaking News 2, अर्थ, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा गत सलनालमा आयोजना गरिएको धौंलागिरी सांगीतिक सौगात भाग ४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइताबार सौल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आय/व्यय सार्वजनिक गरिएको हो । बाग्लुङ समाजले सार्वजनिक गरिएको आय/व्यय विवरण अनुसार २ करोड ४३ लाख ६७ हजार ६ सय २० वन मुनाफा भएको देखाइएको छ । त्यसैगरी कार्यक्रममा ७ करोड १५ लाख ५९ हजार ६ सय ४८ वन कुल कारोबार हुनुका साथै ४ करोड ७१ लाख ९२ हजार २८ वन खर्च भएको उल्लेख गरिएको छ । समाजले आय/व्यय विवरणमा उल्लेख गरे अनुसार ४ लाख ९८ हजार कबुलियत रकम उठ्न बाँकी देखाइएको छ । बाग्लुङ समाज दक्षिण कोरियाले गत सलनालको अवसरमा गण्डकी प्रदेश समाजको समन्वयमा एनसीसीले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत रहेर सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । बाग्लुङ समाजका अध्यक्ष भ...
‘छुसकको लागि कार्यक्रम बाँडफाँड’ लमजुङ, कर्णाली र शेर्पा संघले कार्यक्रम आयोजना गर्ने

‘छुसकको लागि कार्यक्रम बाँडफाँड’ लमजुङ, कर्णाली र शेर्पा संघले कार्यक्रम आयोजना गर्ने

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्धारा आउदो छुसकको लागि कार्यक्रम बाँडफाँड प्रकृया सम्पन्न गरेको छ । एनसीसीले आइताबार सौलको दोङेमुन स्थित निक ट्राभलको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रम बाँडफाँड सम्पन्न गरेको हो । यस वर्षको छुसकमा तिनवटा संस्थाहरुले कार्यक्रम गर्ने अधिकार पाएको छ जसमा लमजुङ परिवार दक्षिण कोरिया, कर्णाली प्रदेश समाज र नेपाल आदिवासी जनजाती महासंघको तर्फबाट शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रम गर्ने अधिकार प्राप्त गरेको हो । जातीय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले शेर्पा संघलाई कार्यक्रम गर्न दिएको अनुमतीलाइनै एनसीसीले आदिवासी जनजाती महासंघलाई समानान्तर मित्र संगठनको रुपमा स्वीकार गर्दै जनजाती महासंघको प्रस्तावलाई हुबहु अनुमोदन गरेको हो । लमजुङ परिवार, कर्णाली प्रदेश र शेर्पा संघ दक्षिण कोरिया...
नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दै

नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दै

Breaking News 1, समाचार
काठमाडौं /  नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारवाही र सर्वसाधारणको वचत फिर्ताको माग गर्दै विपक्षी दल काँग्रेसले आज विरोध प्रदर्शन गर्न लागेको हो । संघीय संसदमा निरन्तर अवरोध गर्दै आएको नेपाली काँग्रेस अब सहकारी मुद्दालाई लिएर सडकमा उत्रिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रिय समितिबाट प्रतिनिधि खटिएका छन् ।...
म्याजिकको ठक्करबाट विकको मृत्यु

म्याजिकको ठक्करबाट विकको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा /  हेटौंडा –३ स्थित तिनतीप्के नजिक म्याजिकको ठक्करबाट श्याम बहादुर विकको मृत्यु भएको छ । पूर्वपस्चिम राजमार्ग अन्तरगत तीनताप्केमा नेवारपानीबाट लेवट तर्फ जादै गरेको ना १ ज ७५६० नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा हेटौंडा –१२ बनस्पति बस्ने अन्दाजी ५५ वर्षिय विकको मृत्यु भएको हो । भ्यानको ठक्करबाट गम्भीर घाइते विकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ठक्कर दिने म्याजिक र चालकलाई प्रहरी चौकी लेवटले नियन्त्रणमा लिएको छ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"