होटेल एशोसियएन मकवानपुरको अध्यक्षमा पुनः जोशीको नेतृत्व
हेटौंडा / मकवानपुर होटेल एशोसियएनको १६ औं साधारणसभा एवम् ७ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार हेटौंडामा भएको ७ औं अधिवेशनले पुनः दिलिश गोविन्द जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा २ नं. वडा अध्यक्ष विष्णु गोपाल महर्जन, उपाध्यक्षमा धनबहादुर पौडेल (कल्यण), महासचिवमा हरि गोपाल सापकोटा, कोषाध्यक्षमा रविन लामा, सचिवमा उमा प्रसाद रौनियार र सहकोषाध्यक्षमा सुरेश लामा चयन भएका छन् । नयाँ समितिको कार्यकाल ३ वर्षका हुनेछ ।
यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले रात्रीकालिन व्यवसायको पक्षमा उपमहानगर रहेको बताईन् । उनले प्रदेश राजधानी हेटौंडामा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने मान्यता आफुहरुको रहेको बताईन् । त्यसको लागि अनुशासन र सुरक्षाको जिम्मेवारी सबै पक्षले लिनुपर्ने उनको भनाई छ । नगर प्रमुख लामाले हेटौं...