हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु
हेटौंडा / शुभ दिपावली २०८२ को अवसरमा श्रिजनशील युवा परिवारको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु भएको छ । उद्घाटन खेलमा युपि युनाइटेड र युपि ठन्डर्सबीच प्रतिस्पर्धा भएको थियो ।
रोमाञ्चक खेलमा युपि युनाइटेडले ६–० को फराकिलो गोल अन्तरले विजय हासिल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का रहनुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षता श्रिजनशील युवा परिवारका अध्यक्ष दिनेश गुरुङले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवाहरू र टोलवासीको उत्साहपूर्ण उपस्थिति रहेको थियो । प्रतियोगिताको प्रथम पुरस्कारमा रु. ३० हजार बराबरको खसी एक थान सहित ट्रफि, मेडल र दोस्रो पुरस्कारमा रु. २० हजार बराबरको बोका एक थान सहित ट्रफि, मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य यु...