बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न
हेटौडा/ बागमती प्रदेशको राजधानी हेटौडामा बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न भएको छ । “बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल (जिएनबि नेपाल)” र युवालयको संयुक्त आयोजनामा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश तथा बाल कल्याण समाज मकवानपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम युवालयका कोषाध्यक्ष कृष्ण तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जी विशेष अतिथि रहनुभएको थियो ।
यसैगरी प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख हरिहर पोखरेल, बाल कल्याण समाजका अध्यक्ष तथा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, प्रदेश बाल अधिकार समितिका सदस्यहरू झबिन्द्र ज्ञव...

