राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती डिफेन्स पोजिसनमा छनोट
हेटौंडा / नेपालको राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती पुलामी मगर डिफेन्स पोजिसनमा छनोट भएकी छन् । नेपाल हक्की संघ ले हालै महिला तथा पुरुष राष्ट्रिय हक्की टोलीको घोषणा गर्दै नयाँ जर्सीसमेत सार्वजनिक गरेको हो। उक्त अवसरमा सार्वजनिक गरिएको २६ सदस्यीय महिला टोलीमा किर्ती मगर डिफेन्स लाइनमा समावेश भएकी हुन् ।
राष्ट्रिय टोलीमा उनको समावेशीकरणसँगै टोलीको रक्षात्मक पक्ष थप मजबुत बन्ने अपेक्षा गरिएको छ । निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणका कारण उनले राष्ट्रिय स्तरसम्म आफ्नो स्थान बनाउन सफल भएकी हुन् । किर्ती मगरको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई मकवानपुर जिल्लाकै लागि गर्वको विषय बनेको छ। जिल्लाबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने खेलाडीको रूपमा उनको उपस्थितिले स्थानीय स्तरमा हक्की खेलप्रति आकर्षण बढ्नुका साथै नयाँ खेलाडीहरूलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।...
