समाचार

‘अन्धविश्वासको विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’

‘अन्धविश्वासको विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’

समाचार
काठमाडौँ, आश्विन २० । 'अन्धविश्वासका विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले भने,- ‘त्यस प्रकारको सङ्घर्षमा लाग्दा उनले आफ्नो देशको नागरिकता समेत त्याग्नुपरेको थियो तर पनि अन्तमा जित, सत्य र न्यायको नै भयो ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता के.सी.ले ‘मानव जातीको ठुलो सङ्ख्या, अन्धविश्वासमा लागेको र त्यसको फाइदा केही टाठा बाठाले ग्रहण गरेको’ बताउँदै, – ‘वैज्ञानिक दृष्टिकोणको लागि निरन्तर लागिरहनुपर्ने’ भने । अन्धविश्वास कुरीति एवम् कुसंस्कारका विरुद्ध वैज्ञानिक र मानवतावादी चेतनाका पक्षमा क्रियाशील रहेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह  ‘वंश रत्न मानवतावादी सम्मान २०७८’, मानवतावादी राजनीतिक विश्लेषक श्याम श्रेष्ठ  ‘वंश रत्न मानवताव...
‘मञ्चभरि आसन ग्रहण गराउनु अन्धविश्वास हो’

‘मञ्चभरि आसन ग्रहण गराउनु अन्धविश्वास हो’

Breaking News 1, समाचार
काठमाडौँ, आश्विन २० । नेपालको प्रगतिशील समाजमा समेत मञ्चमा बस्नको लागि तछाड मछाड गर्ने संस्कृति व्याप्त छ । सामन्ती संस्कारबाट मुक्त हुन नसक्दा यस प्रकारको संस्कृतिले प्रश्रय पाइरहेको अवस्था हो । ‘त्यस प्रकारको संस्कृति अन्धविश्वास भएको’ दार्शनिक व्यक्तित्व तथा विश्लेषक श्याम श्रेष्ठले बताए–‘आसन ग्रहण गर्ने प्रचलनले मानिस–मानिस बिचमा विभेदको स्थिति सिर्जना गर्दछ ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्दै विश्लेषक श्रेष्ठले, ‘ठुला–ठुला कुरा गरेर मात्र वैज्ञानिक दृष्टिकोण निर्माण नहुने’ बताउँदै – ‘आफू तथा आफ्नो परिवार पनि व्रतबन्ध, काजक्रिया जस्ता अन्धविश्वासबाट मुक्त भएको’ बताए । ‘शासकहरू, पुरोहितहरू र राजनैतिक पार्टीहरूको गठबन्धनबाट नै नेपाली समाजमा अन्धविश्वासले प्रश्रय पाइरहेको’ बताउँदै विश्लेषक श्रेष्ठले, ‘वैज्ञानिक दृष्टिकोणक...
२२ असोजदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला

२२ असोजदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला

Breaking News 1, समाचार
काठमाडौँ, १९ असोज । दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारका अनुसार अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ। टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने उनले बताए। कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन थालिने महासङ्घको भनाइ छ। यसका साथै ‘बस सेवा डटकम’ बाटै टिकट काटेर पनि यात्रुहरू घर गइरहेका छन्। बस सेवा डटकमका सिइओ पिआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको जानकारी दिए। छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरूका लागि अनलाइनमा टिकट उपलब्ध रहेको उनको...
रिगलको कैद मिनाहा कानुन विपरीत :  मानव अधिकार आयोग

रिगलको कैद मिनाहा कानुन विपरीत : मानव अधिकार आयोग

समाचार
काठमाडौँ, १९ असोज । राष्ट्रिय मानवअधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानुन विपरीत भएको जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएका हुन्। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) मा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने भनी स्पष्ट कानुनी व्यवस्था छ। यस विपरीत सरकारले संविधान दिवसको दिन नेपालगन्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगललाई माफी मिनाहा दिएको देखिएको आयोगले जनाएको छ। जिल्ला अदालत, बाँकेले ११ वैशाख २०७५ मा गरेको फैसलामा मानन्धरलाई घेरा हाली भाग्न उम्कन नदिई रिगलले खुँडा प्रहार गरी हत्या गरेको उल्लेख छ। उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले २८ माघ २०७६ मा गरेको पुनरावेदन फ...
सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

समाचार
काठमाडौँ, १९ असोज । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको  ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो। बिहीबार राति साढे ७ बजे काठमाडौँ महानगरपालिका–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र.–३–०१–००१ग ३७०५ नम्बरको ७.५ ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो। सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र –०२ –०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीय आकृति शर्माको मृत्यु भएको हो । ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति ट्रकले ठक्कर दिएको थियो भने उनको मृत्यु पनि बिहीबार राति नै उपचारका क्रममा भएको हो ।...
सरकार ! जनताको दसैँ यसपालि कसरी टर्छ ?

सरकार ! जनताको दसैँ यसपालि कसरी टर्छ ?

समाचार
काठमाडौँ, १९ असोज । एमाले सांसद रघुजी पन्तले बढिरहेको महँगीले जनतालाई नजिकिएको दसैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महँगीले थलिएका जनताले यसपालिको दसैँ कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महँगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको उनको कटाक्ष थियो । कविताको शैलीमा तरकारी र खाद्यान्नको भाउ महँगिएको भन्दै उनले भने, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेँडाले के किन्लास् र तँले भनेर आँखा तर्छ, दसैँ पेस्की आउने कहिले कहिले, पेस्कीमा  महँगी आयो, सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो, ...
कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’

कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’

समाचार, स्थानीय तह विशेष
हेमन्त केसी सुर्खेत , १९ असोज । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्रीहरू जनताका लागि नभई जागिरका लागि मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले कर्णाली सरकारका मन्त्रीहरूलाई केही गर्न हो कि जागिर खान हो ? भन्दै प्रश्न गरे। उनले भने, ‘जनताका लागि केही गर्न साथीहरू त्यो ठाउँमा हुनुहुन्छ भन्ने मैले बुझेको थिएँ, तपाईँहरू त जागिर खानका लागि मात्रै हो भन्नुपर्ने परिस्थिति आयो।’ उनले मन्त्रीहरूले कर्मचारीलाई बिचराको ठाउँमा राखेको समेत बताए। नेता कँडेलले माओवादीले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्षी दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताए। प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यानको बालुवा संग्रहीदेखि सल्यान खलङ्गासम्म लागेको सडकको ठेक्काको काम ६ वर्षसम्म पूरा नहुनुको कारण सोधे। म्याद थपिरहने तर काम नहुने भन...
मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

समाचार
काठमाडौँ, आश्विन १८ गते । वंश–रत्न स्मृति कोषले तीन जना मानववादी व्यक्तित्वहरूलाई सम्मानित गर्ने भएको छ । सम्मानित हुनेहरूमा दार्शनिक व्यक्तित्वहरू मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक हुनुहुन्छ । कुरीति, कुसंस्कार, अन्धविश्वास र सबै खाले विभेदका विरुद्ध एवं मानववादको पक्षमा काम गर्ने विभिन्न क्षेत्रका एक जना व्यक्तित्व अथवा संस्थालाई हरेक वर्ष एक लाख नगद सहित सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम अनुसार आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विशेष समारोहका साथ सम्मान गर्न लागिएको ट्रस्टकी अध्यक्ष सुश्री सन्त कुमारी श्रेष्ठ(सन्तु श्रेष्ठ)ले जानकारी गराउनु भयो । पुरस्कार निर्णायक समितिको निर्णय अनुसार २०७८का लागि मोहनविक्रम सिंह, २०७९को लागि श्याम श्रेष्ठ र २०८०को लागि प्रा.डा.नरेन्द्र नायकलाई एकमुष्ट रूपमा सम्मान गर्न लागिएको पनि वहाँले ज्ञ...
जब आमाले आफ्नै छोरा मारेर टाउको पकाएर खाइन्

जब आमाले आफ्नै छोरा मारेर टाउको पकाएर खाइन्

समाचार
  कायरो, १८ असोज । इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन । सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिए पछि विश्व स्तब्ध भएको छ । पाँच वर्षीय छोराको टाउको काट्ने ती आमाले आफ्नो छोरो सधैँभरि साथमा रहोस् भन्ने चाहना राखेको र त्यही भएर यस्तो गरेको बताएकी छिन । प्रहरीका अनुसार कायरोमा हाना मोहम्मद हसन नामकी २९ वर्षीय महिलाले खाना खानु अघि छोराको चक्कुले टाउको काटेर हत्या गरेकी हुन । प्रहरीका अनुसार आमाले चक्कुले छोराको टाउको काटेर पानीमा तताएर खाएकी थिइन् । उनले सुरुमा छोरालाई बाथरुममा लगेर छुरीले टाउकोमा तीन पटक हानिन, उनको टाउको जलाइन् । त्यसपछि छोराको शरीरका बाँकी भागलाई सानो सानो टुक्रामा काटिएको थियो। प्रमाण लुकाउन उनले यस्तो गरेकी थिइन । ती महिलाले आफ्नो बयानमा आफ...
प्रतिनिधिसभा बैठक बस्दै, बिधुत विधेयक पेस गरिने

प्रतिनिधिसभा बैठक बस्दै, बिधुत विधेयक पेस गरिने

समाचार
काठमाडौँ, १८ असोज । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत विधेयक २०८० पेस गर्नेछन् । सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"