अध्ययनका लागि एक बर्षमा १५ हजार बढी विद्यार्थी पुगे अमेरिका
काठमाडौं, ३० कार्तिक । एकै बर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली बिद्यार्थीको संख्या १५ हजार नाघेको छ । अमेरिकामा काम तथा पढ्न जान चाहने नेपालीहरुको सङ्ख्या बर्षेनी बढिरहेको छ ।
नेपालस्थित अमेरिकी दुतावासका अनुसार गत बर्षमा १५ हजार ९० जना नेपाली बिधार्थी अध्यनका लागि अमेरिका पुगेका छन् ।
अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दुतावासले यो जानकारी दिएको हो । उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७ .९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन सङ्ख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दुतावासले भनेको छ ।
नेपालमा गूणस्तरको शिक्षा नभएको, पढाइको बिषय अनुसारको काम नपाएको, काम अनुसारको पारिश्रमिक नपाएको तथा पढाइ सकेर पनि रोजगारी नै नपाईएको जस्ता कारण देखाउँदै नेपालीहरुबिदेश जाने गरेका छन् । यसरी विदेशिनेहरुल...







