माछा मार्ने क्रममा एक युवकको मृत्यु
हेटौंडा / मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर —४ स्थित झुरझुरे बस्ने गोपाल थिङको माछा मार्ने क्रममा मृत्यु भएको छ । ३५ बर्षिय थिङको माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खोलामा माछा मार्ने भनेर घरबाट निस्केर हिडेको र घरमा नफर्केको कारण खोजी गर्दै जाने क्रममा सोमबार बिहान बागमती खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।...








