समाचार

सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई एमालेको आग्रह

सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई एमालेको आग्रह

Breaking News 1, समाचार
काठमाडौं / सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाईपनि आग्रह गरेको छ शुक्रबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरणले मुलुक विद्यमान संकटलाई समाधानगर्न अनुकुलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालनेतृत्वको ५ राजनीतिक दलहरु सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरुलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णयगरिएको बताउनुभयो । इमेज खबरबाट साभार ।...
महिलाको जीवनस्तरमा सारभुत परिवर्तन नभएसम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन : राष्ट्रपति पौडेल

महिलाको जीवनस्तरमा सारभुत परिवर्तन नभएसम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन : राष्ट्रपति पौडेल

Breaking News 2, समाचार
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन हुनेगरी नीति, योजना रकार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार काठमाडौंमाआयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो विश्वास व्यक्त गर्नुभएको हो । इमेज खबरबाट साभार ।...
नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए ।  ...
अर्थमन्त्री पुनलाई सेयर बजारमा स्वागत

अर्थमन्त्री पुनलाई सेयर बजारमा स्वागत

Breaking News 1, अर्थ, राजनीति, समाचार
काठमाडौँ / नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ ।   नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर चार दलीय नयाँ सत्ता गठबन्धन बनेसँगै बुधबार पुन अर्थमन्त्री बनेका थिए । अर्थमन्त्रीलाई लिएर सेयर बजारको जोड घटाउ हेर्ने गरिएकोमा पुन आएको पहिलो दिन नै नेप्सेले हरियो बत्ती बालेको हो . बिहीबार नेप्से सूचक साढे १३ अंकले बढ्दै २०३०.५५ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सू+चक ९ अंक माथिले बढेको थियो ।  ...
जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बोलाए

जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बोलाए

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जसपाको १२ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।...
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।   प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।...
देशका विभिन्न स्थानमा आजको मौसम

देशका विभिन्न स्थानमा आजको मौसम

समाचार
काठमाडौँ / पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण हाल देशका कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । यसैगरि शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हि...
बकैया ११ मा दुर्घटना हुदा ९ जना यात्रु घाइते

बकैया ११ मा दुर्घटना हुदा ९ जना यात्रु घाइते

Breaking News 1, समाचार
हेटौंडा/ मकवानपुर जिल्लाको बकैया ११ मा काठ्माण्डौबाट हेटौंडा आउदै गरेको सुमो दुर्घटना भएको छ । दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन् । बुधबार साँझ कान्तिलोकपथ अन्तर्गत बकैयाको सिमातमा अनियन्त्रित भएर ना १ ज २३२२ नम्बरको सुमो दुर्घटना भएको हो । घाईते ६ जनाको सहकारी र अन्य ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।...
नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा ३ उपप्रधानसहित १६ जना मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।  
रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"