Breaking News 1

एसियाडमा नेपालको पदक लगभग निश्चित

एसियाडमा नेपालको पदक लगभग निश्चित

Breaking News 1, खेलकुद
काठमाडौँ । चीनमा जारी १९औँ एसियाडमा नेपाल, कमसेकम एउटा पदकको नजिक पुगेको छ । एसियन गेम्समा महिला कबड्डी प्रतिस्पर्धामा नेपालबाट त्यो पदकको आशा गरिएको छ । समूह चरणको खेलमा सोमबार बङ्गलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तीमा कांस्य पदकको नजिक देखिएको हो । सोमबार नेपालको महिला कबड्डी टिमले बङ्गलादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो ।  बङ्गलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । स्वर्णको बलियो प्रत्याशी इरानसँग बङ्गलादेशले जित निकाल्न निकै कठिन देखिन्छ । त्यस कारण पनि नेपालले पदक जित्ने निश्चित जस्तै छ । नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टर फाइनलमा भारतसँग खेल्ने भएको छ । सो खेल नेपाली समय अनुसार  बिहान ६.४५बाट हुनेछ । भोली नै अर्को क्वाटर फाइल खेल बिहान ११.४५ मा पाकिस्तान र हङकङबिच हुने छ । श्रीलङ्का र अफगानिस्तान ...
मणिपुरमा फेरि हिंसाको आतङ्क

मणिपुरमा फेरि हिंसाको आतङ्क

Breaking News 1, अन्तर्राष्ट्रिय
मणिपुरमा फेरि जातीय हिंसाको आतङ्कको स्थिति सिर्जना भएको छ । मणिपुर हिंसाको लामो समयपछि इन्टरनेट सुचारु भएको ३ दिनपछि २ जना विद्यार्थीहरूको हत्याको भिडियो भाइरल भयो । यी दुवै विद्यार्थीहरू ८२ दिनदेखि लापत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसरी हत्या भएका विद्यार्थीहरूमा एक जना १७ वर्षीय युवती र अर्को २० वर्षीय युवक भएको जानकारी हुन आएको छ । स्मरण रहोस् केही समय पहिले दुई महिलालाई निर्वस्त्र गाऊ घुमाएको भिडियो भाइरल भएपछि मणिपुरमा ठुला जातीय हिंसा भड्किएको थियो । फेरि यो भयातक भिडियो भाइरल भएपछि त्यहाँ आतङ्कको स्थिति सिर्जना भएको छ । यद्यपि सीबीआईले विद्यार्थीहरूको हत्याको आरोपमा चार जनालाई पक्राऊ गरेको छ । अहिलेसम्म मणिपुर हिंसाबाट ६५ हजार मानिसले आफ्नो घर छोड्नु परेको अवस्था छ ।...
ठुलो वर्षाले न्यूयोर्क सहरको जनजीवन अस्तव्यस्त

ठुलो वर्षाले न्यूयोर्क सहरको जनजीवन अस्तव्यस्त

Breaking News 1, अन्तर्राष्ट्रिय
  अमेरिकाको न्यूयोर्क सहरमा ठुलो वर्षाका साथै तुफान आएरजनजीवन अस्तव्यस्त छ । सन् १९४८ पछिको यो सबैभन्दा ठुलो वर्षा भएको मिडियाहरूले बताएका छन् । ठुलो वर्षाका कारण न्यूयोर्कका गर्वनर कैथी हेचुलले आपत्कालको स्थितिको घोषणा गरेका छन् । त्यहाँ शुक्रवार दिनभरि १७ सेन्टिमिटर भन्दा बढी पानी परेको छ । न्यूयोर्कको जान एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र ८ इन्चको पानी परेको त्यहाँका मिडियाहरूले जानकारी गराएका छन् ।...
नेपाल र चीनबीच भएका सम्झौता तथा समझदारी

नेपाल र चीनबीच भएका सम्झौता तथा समझदारी

Breaking News 1, समाचार
 * नेपाल र चीनबिच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता *  नेपाल र चीनबिच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू)  * नेपाल र चीनबिच आपराधिक मामिलामा दुई पक्षीय कानुनी सहायताको सन्धि * नेपाल र चीनबिच सगरमाथा र चोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी * लगानीका मुख्य परियोजनालाई प्रवर्द्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबिच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी * चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौता पत्र आदानप्रदान * नेपाल–चीन सीमा पार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबिच समझदारी * काठमाडौँ महानगरपालिका र चीनको नान्जिङ सहरबिच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता  * ...
मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

Breaking News 1, समाचार
 मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरु भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ। जलेका घरहरू तार्के लामा, सोनाम लामा, ऐडी, सान्ताेना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षति हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिनुभएको छ । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास जारी छ । जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए ।  विसं २०७८ कात्तिक २९ गते पिन गमगढी बजारको तल्...
किन निजी विद्यालयमा पढाएको ?

किन निजी विद्यालयमा पढाएको ?

Breaking News 1
सर्वत्र उठ्ने प्रश्न हो यो ? सरकारी शिक्षाको नारा लगाएर मात्र हुन्छ, आफ्नो छोराछोरीलाई किन निजी विद्यालयमा पढाएको ? यो प्रश्नको सन्दर्भमा शिक्षाविद् डा.खगेन्द्र प्रसाईँ भन्नुहुन्छ, 'उदारीकरण र निजीकरण मार्फत सार्वजनिक शिक्षा तहस नहस पारिएको छ र निजी शिक्षा उत्पात प्रवर्द्धन गरिएको छ । सार्वजनिक विद्यालयको सङ्ख्या र गुण दुबैलाई कमजोर पारिएको छ । शिक्षामा राज्यको भूमिका खुम्च्याइएको छ । 'सरकारी नराम्रो निजी राम्रो' भन्ने चेतना जबरजस्त निर्माण गरिएको छ । समस्या संरचनात्मक छ । तर बुज्रुकहरू शिक्षकलाई प्रश्न गर्छन् : तिमीले आफ्ना छोरा छोरी सार्वजनिक मा नपढाएर किन निजी विद्यालय मा पढाएको ?...
प्रलेसको स्थापना दिवसमा स्रष्टाहरु सम्मानित हुने 

प्रलेसको स्थापना दिवसमा स्रष्टाहरु सम्मानित हुने 

Breaking News 1, समाचार
काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ७२औँ स्थापना दिवसमा विभिन्न स्रष्टाहरू सम्मानित हुने भएका छन् । आगामी आश्विन ५ गते नपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा दिउँसो ११ बजेबाट हुने सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका संस्कृति तथा नागरिक उड्डयन मन्त्री सूदन किराँती हुने जानकारी हुन आएको छ ।  वि.सं.२००९ साल आश्विन ५गते स्थापना भएको सङ्घले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्ने गर्दछ । यो वर्ष पनि नेपाली वाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुराएका विभिन्न स्रष्टाहरु लाई सम्मानित गर्न लागिएको सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीले बताउनु भयो । पुरस्कृत हुनेहरूमा श्यामप्रसाद शर्मा स्मृति पुरस्कारबाट कवि कुन्ता शर्मा, प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार नरेश भण्डारी, प्रलेस युवा पुरस्कारबाट साहित्यकार गुरुप्रसाद कुमाल ‘बुलबुल’ र प्रलेस बाल साहित्य पुरस्कारबाट प्रा.डा.कपिल ला...
संविधानले सम्झिएका सुशील र सुवास

संविधानले सम्झिएका सुशील र सुवास

Breaking News 1, फिचर
एकराज पाठक, काठमाडौँ ।नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्‍यो होला ?नेपालमा दुई–दुई पटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ । सहज होस् पनि कसरी ? तीस वर्षको अभ्यासमा संविधानमाथि रहेका राजालाई संविधानमुनि राख्नुपरेको थियो र देशको शासन सत्ताको बागडोर राजनीतिक दलमा ल्याउनुपरेको थियो । त्यसैले विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्रको पुनः स्थापना गरेपछि बनेको अन्तरिम सरकारका सामु संवैधानिक राजतन्त्रात्मक संविधान निर्माण पहिलो र जटिल काम थियो । राजा वीरेन्द्रको राजनीतिक उदारताबाट चाँडै बहुदलीय व्यवस्थाको घोषणा हुन पुग्यो भनिरहेका पञ्चायतका शक्तिहरूले राजालाई संविधानको तल राख्न मानिरहेका थिएनन् । तर सरकारका सामु प्रजातान्त्रिक संविधान...
भारत र क्यानडाबिच कूटनीतिक तनाव बढ्दै 

भारत र क्यानडाबिच कूटनीतिक तनाव बढ्दै 

Breaking News 1, अन्तर्राष्ट्रिय
भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ। उनलाई देश छोड्नको लागि ५ दिनको अल्टिमेटम दिएको छ ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेले संसद्को आकस्मिक बैठकमा सिख नेता हरदीपसिंह निज्जरको हत्यामा नयाँ दिल्ली संलग्न रहेको आरोप लगाएका थिए। उनले संसद्मा  भनेका  थिए, भारत सरकारको एजेंट्सले  क्यानडाको  सिख समुदायको नेता  हरदीप सिंह निज्जरकाे  हत्या गर्याे ।  हरदीपसिंह निज्जर उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए । हत्याको आरोप लगाउँदै क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो।  क्यानडाका  विदेश मन्त्री मेलनी जॉलीले भनेका छन्, उनको सरकारले एक जना भारतीय  कूटनीतिज्ञल...
अस्कर अवार्डको ९६औँ संस्करणमा  नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ले गर्ने 

अस्कर अवार्डको ९६औँ संस्करणमा  नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ले गर्ने 

Breaking News 1, मनोरञ्जन
काठमाण्डाै – एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र 'हल्कारा' ले गर्ने भएको छ ।  उक्त विधाका लागि हल्कारा सहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए ।  प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी हल्कारालाई सिफारिस गरिएको जानकारी हुन आएको छ ।  कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने भएको छ । आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्ममा महेश त्रिपाठी र विनीता थापा मगरको शीर्ष भूमिका छ । एक हुलाकी पात्रमार्फत निर्देशकले फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरेका छन् । ९६ औँ ओस्कार अवार्ड आगामी मार्च १० मा अमेरिकाको लस एन्जल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"